Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

बलिउड स्टार अर्जुन र परिणिती मंगलबार नेपाल आउँदै

सुन्दरता, ग्रामीण परिवेश र पहुँचयोग्य स्थान भएकाले नेपाल–भारतको सीमा छनोट

आईतवार, १७ मंसिर २०७४, सगरमाथा पोष्ट

काठमाडौं मंसिर १७ । 
बलिउड स्टार अर्जन कपुर र परिणिती चोपडा मंगलबार नेपाल आउने भएका छन् । ‘सन्दिप और पिंकी फरार’ चलचित्रको सुटिङका लागि नेपालको बैतडि आउन लागेका हुन् । दिवाकर बनर्जीले निर्देशन गर्ने फिल्म नेपाल र भारतको सीमा क्षेत्रमा सुटिङ हुन लागेको हो । अर्जुन कपुर र परिणिति चोपडा अभिनित यो फिल्मको पहिलो सेड्युलको छायांकन नयाँदिल्लीमा सकिएको छ । 

फिल्मको दोस्रो सेड्युल नेपालसँग सीमाना जोडिएको उत्तराखण्डको पहाडमा रहेको सानो शहर पिथौरागढ र नेपालको बैतडी जिल्लास्थित झुलालघाट पुलमा खिचिनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका निर्माताले सुन्दरता, ग्रामीण परिवेश र पहुँचयोग्य स्थान भएकाले नेपाल र भारतको सीमाना छनौट गरेको बताएका छन्  । 

फिल्म बन्ने भएपछि यशराज फिल्मस्ले गत अक्टोबरमा नेपालस्थित सरकारी निकायलाई यो स्थानमा फिल्म छायांकनका लागि अनुमति माग्न पत्र पठाएको थियो ।  नेपाल सरकारले पनि फिल्म युनिटलाई रोमान्टिक प्रेमकथाको फिल्म छायांकन गर्न केही सर्त राखेर अनुमति दिएको थियो । तर, ती सर्त के के हुन भन्ने केही खुलाइएको छैन ।

‘उनीहरुले नेपाल र भारतको सीमानामा फिल्मका लागि अति आवश्यक दृश्य खिच्नेछन् । पिथौरागढ र झुलालघाटमा डिसेम्बर ५ देखि डिसेम्बर ३० सम्म फिल्म खिचिनेछ । फिल्ममा नायिका परिणिति बैंक र फाइनान्समा काम गर्ने एक युवतीको भूमिकामा छिन् भने अर्जुन चाहिँ हरियाणाको एक पुलिसको भूमिकामा देखिँदैछन् । 

५ वर्षअघि ‘इशकजादे’बाट एकै पटक डेब्यु गरेका अर्जुन र परिणितको सँगै  दोस्रो फिल्म हो । ‘रोमिया जुलियट’ को भारतीय संस्करण मानिएको ‘इशकजादे’ बाट दुवैको अभिनयले प्रशंसा पाएको थियो ।  फिल्म सन् २०१८को मध्यतिर प्रदर्शन हुनेछ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू