Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको तेस्रो संस्करण आजबाट शुरु

उद्घाटन खेल नेपाल पुलिस क्लब र सुभाषचन्द्र ब्वाइज क्लब कलकत्ता, भारतबीच हुँदै

बुद्धबार, ६ मंसिर २०७४, सगरमाथा पोष्ट

काँकडभिट्टा, ६ मंसिर ।

मोफसलकै सर्वाधिक राशिको ‘मेची नेत्रालय काँकडभिट्टा गोल्डकप’को तेस्रो संस्करण आजबाट शुरु भएको छ । 

काँकडभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा शुरु भएको सो प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका हुन् । 

मेची नेत्रालय मुख्य प्रायोजक, मेची बस व्यवसायी संघ र नरेन्द्र मेचे सहप्रायोजक रहेको उक्त प्रतियोगितामा विजेतालाई रु आठ लाख एक हजार र उपविजेतालाई रु चार लाख एक हजार प्रदान गरिने आर्थिक समितिका संयोजक गंगालाल गुरुङले जानकारी दिए । 

प्रतियोगितामा करिब रु ६५ लाख खर्च हुने आयोजकले जनाएको छ । सो प्रतियोगितामा भारतको एउटासहित १० वटा टिमको सहभागिता रहेको छ । आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, रमपम झापा ११, त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरी बल, रुपन्देही ११, सुदूरपश्चिम ११, मनाङ मस्र्याङदी र हिमालयन शेर्पा काठमाडौँ रहेका छन् । 

उद्घाटन खेल नेपाल पुलिस क्लब र सुभाषचन्द्र ब्वाइज क्लब कलकत्ता, भारतबीच हुँदैछ । विगत तीन वर्षदेखि मेची नेत्रालय काँकडभिट्टा गोल्डकप प्रतियोगिता आयोजना गरिँदै आएको छ । 
-रासस 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू