Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

थ्री स्टार र ग्लासियर यू–१८ राष्ट्रिय भलिबलको क्वाटरफाइनलमा प्रवेश

बुद्धबार, १५ कार्तिक २०७४, सगरमाथा पोष्ट

काठमाडौं कार्तिक १५। 
थ्री स्टार एकेडेमी र ग्यासियर कलेज राजधानीमा जारी प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ बुधवार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नयाँबसपार्क्स्थित ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरमा भएको प्रिक्वाटरफाइनल खेलमा बुढानिलकण्ठको थ्री स्टारले झापा विद्यालय भलिबल कमिसनलाई २५–२१, २५–१५ को सोझो सेटमा हराएको हो । 

त्यस्तै कोटेश्वरको ग्लासियर कलेजले धादिङको एड्भान्स एकेडेमीलाई २५–१०, ३१–२९ को सेटमा हराउँदै अन्तिम आठको यात्रा सुनिश्चित गरेको हो । पुरुषतर्फ नै नुवाकोटको बुङताङ भलिबल टिम र सेक्रेडहार्ट पनि जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यस्तै बुङताङले धनुषाको बिनायक स्कुललाई २५–९, २५–१५ को सोझो सेटमा हराउँदा सेक्रेडहार्टले मोरङ विद्यालय भलिबल कमिसनलाई २५–१५, २५–१६ ले पराजित गरेको हो । अब क्वाटरफाइनल खेलमा सेक्रेडहार्टले थ्रि स्टारको सामना गर्ने छ भने बुङताङले ग्लासियरसंग प्रतिस्पर्धा गर्नेछ ।  

यसैबिीच महिलातर्फ नैकापको शिवम् न्यूडायमण्ड एकेडेमी र चितवनको मेर्धाली स्पोर्टस् एण्ड एजुकेशन क्लबले क्वाटरफाइनलमा भेट पक्का गरेका छन्। न्यूडायमण्डले प्रिक्वाटरफाइनलमा थ्री स्टार एकेडेमीलाई २–० को सोझो सेटमा हराएको हो । 

न्यू डायमण्डले थ्री स्टार माथी २५–४, २५–८ को सहज जित निकालेको थियो । यता मेधौली स्पोर्टसले वाक ओभर पाएपछि क्वाटरफाइनलमा प्रवेश पाएको हो । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू