Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
जेष्ठ नागरिकको सम्मानमा कस्तो थियो समृद्धिको कविता ? जसले गर्दा पाइन् उनले ८ हजार रुपैयाँ र सम्मान स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन

प्रदेश नम्बर ५ को राजधानी नेपालगन्ज पनि हुन सक्छ –पौडेल

सोमबार, ९ श्रावन २०७४, सगरमाथा पोष्ट

नेपालगन्ज, साउन ९ गते । नेकपा एमालेका उपमहासचिव तथा प्रदेश नम्बर ५ का संयोजक बिष्णु पौडेलले प्रदेश नम्बर ५ को राजधानी प्रदेशसभाको बहुमतको आधारमा यसभित्रका जुनसुकै स्थानमा हुन सक्ने बताएका छन् । प्रेस चौतारी बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले भने,– प्रदेशको बहुमतले राम्रो लागेमा दाङ, बुटवल र नेपालगन्ज मात्रै नभई बर्दिया, प्युठान र रोल्पामा पनि राजधानी बनाउन सक्छ । उनले अहिलेसम्म एमालेले पार्टीको तर्फबाट औपचारिक निर्णय गरिनसकेको समेत बताए । उनले  रुपान्तरित संसदको म्याद थप गर्ने कुरा एमालेका लागि कुनै पनि हालतमा मान्य नहुने समेत बताए । 

उहाँले असोज २ गते प्रदेश नम्बर २ मा तोकिएकै समयमा निर्वाचन हुने बताउदै राष्ट्रिय जनता पार्टी पनि निर्वाचनमा सहभागी हुनेमा आफुहरु बिश्वस्त भएको बताए । उपमहासचिव पौडेलले अहिले फेरी संविधान संशोधनको बिषय उठाइएको भन्दै अहिलेको अवस्थामा संविधान संशोधन असान्दर्भिक बिषय भएको टिप्पणी गरे ।  संविधानको रक्षा र कार्यान्वयन आफुहरुको जिम्मेवारी भएको बताउदै उनले तीनवटै तहका निर्वाचन सम्पन्न भएपछि  अनुभवका आधारमा  संविधान संशोधनको बिषयमा नयाँढंगले छलफल गर्न सकिने उपमहासचिव पौडेलले बताए ।

उनले ५ नम्बर प्रदेश टुक्राउने बिषय एमालेले कदापी स्वीकार नगर्ने बताए । एमालेका नेता र कार्यकर्ता आफु टुक्रा पर्न तयार छौं, उपमहासचिव पौडेलले भने,– प्रदेश टुक्रा पार्न दिदैनौं । उनले ५ नम्बर प्रदेशमा एमाले पहिलो पार्टी हुनु भनेको प्रदेश विभाजनबिरुद्धको जनमत भएको बताए । 


यसैबीच नेकपा एमालेले ५ नम्बर प्रदेशमा पार्टीका तर्फबाट विजयी जनप्रतिनिधिलाई  दुईदिने प्रशिक्षण दिने भएको छ । मङ्गलबारदेखि नेपालगन्जमा  सुरु हुने प्रशिक्षणमा स्थानीय तहबाट निर्वाचित  प्रमुख र उपप्रमुख वा प्रमुख उपप्रमुख नजितेका तहबाट वडा अध्यक्ष र सदस्य गरी हरेक तहबाट दुईजनाको प्रतिनिधित्व हुने भएको छ । 
कार्यक्रममा एमाले कार्यबाहक उपाध्यक्ष बामदेव गौतम, नेता माधवकुमार नेपालसहित बालानन्द शर्मा पौडेल, सुशील ज्ञवाली, युवराज खतिवडा, डोरमणी पौडेल, केशब स्थापित लगायतले प्रशिक्षण दिनेछन् ।  


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू