Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

विद्युत कटौतीले रामचन्द्रलाई तनाव

शनिबार, १० आषाढ २०७४, बिनोद भट्टराई.

बाँके, असार १० गते । नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालगन्जमा भएको चुनावी भेला सम्बोधन गरेका छन् ।  नेपालगन्जको सिद्धार्थ कटेजमा भएको भेलामा विद्युत कटौतीका कारण बरिष्ठ नेता पौडेलले आप्mना भनाई सिलसिलेबद्धरुपमा राख्न समेत पाएनन् । पार्टीका नेता हदयराम थानी, जिल्ला सचिव तप्त पौडेले मन्तव्य राखेपछि मञ्चमा उक्लिएका पौडेल बोल्न लाग्दा करिब आधादर्जन पटक विद्युत आउनेजाने हुँदा पौडेलले राम्ररी कुरा राख्न पाएनन् । विद्युत जाने आउने भएपछि नेता पौडेल घरी मञ्चमा सम्बोधनका लागि पुग्ने घरी सोफामा बस्ने र घरी उभिनु पर्दा तनावमा देखिन्थे । अनियमित विद्युतका कारण कार्यक्रमस्थलमा सहभागी कार्यकर्ताले पनि खल्लो महसुश गरेका थिए । 


 पटक पटक गरी राखेको मन्तव्यकाक्रममा उनले रमाईलो भाषण गर्नेले देश बनाउन नसक्ने बताए । नेपाली काङ्ग्रेस बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको बृहत चुनावी भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले आर्थिक समृद्धिका लागि स्पष्ट भिजन आप्नो पार्टीसँग मात्रै भएको टिप्पणी गरे । 


  बरिष्ठ नेता पौडेलले काङ्ग्रेस नेतृत्वको सरकारले गरेका कामलाई जनतामाझ लैजान कार्यकर्ताहरुलाई निर्देशन दिए ।  । नेपाली काङ्ग्रेसको अगुवाईमा मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने उनको भनाई छ । 
कृषि क्रान्ति, पर्यटन र उर्जाको विकास गरेर देशलाई समृद्धितर्फ लैजान खोजेको बरिष्ठ नेता पौडेलले बताए । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू