Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

राजपा स्वतन्त्ररुपमा निर्वाचनमा सहभागी

सोमबार, ५ आषाढ २०७४, सगरमाथा पोष्ट

नेपालगन्ज, असार ५ गते । राष्ट्रिय जनता पार्टी दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने भन्दै आन्दोलनमा उत्रिएको अवस्था छ । संविधान संशोधन बिना यथास्थितीमा निर्वाचन हुन नसक्ने अडानमा रहेको  राष्ट्रिय जनता पार्टी पनि दोस्रो चरणको निर्वाचनमा सहभागी भएको सरकारका एकजना प्रभावशाली मन्त्रीले बताएका छन् । सोमबार नेपालगन्जमा भएको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय जनता पार्टी दोस्रो चरणको निर्वाचनमा स्वतन्त्ररुपमा सहभागी भएको जानकारी दिएका हुन् ।

 गृहमन्त्री शर्माले निर्वाचन बहिष्कार गर्न खोजेको राष्ट्रिय जनता पार्टी सरकारको निरन्तरको पहलकदमीका कारण स्थानीय तहको दोस्रोचरणको निर्वाचनमा सहभागी हुने अवस्था आएको दावी गरे । उनले मधेस केन्द्रीता दलहरुका असन्तुष्टी क्रमशः समाधान हुने चरणमा रहेको जानकारी दिए । दुई नम्बर प्रदेशमा निर्वाचन हुनु भन्दा पहिले नै अहिले देखिएका असन्तुष्टी समाधान हुने  उनले दावी गरे । 


गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन आयुक्त सुधिरकुमार शाह, नेपाल प्रहरीका महानिरिक्षक  प्रकाशराज अर्याल, सशस्त्र प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिप रेग्मी लगायतका सुरक्षा अधिकारीको सहभागिता रहेको छ ।  गोष्ठीमा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले स्वागत मन्तव्य राखेका थिए । 
 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू