Previous Version
Tuesday, Oct 27, 2020  |  मंगलवार, ११ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
राष्ट्रपतिबाट टीका ग्रहण पुजारीको हत्या मिति २०७७ साल कार्तिक १० गते सोमबार, बिजया दशमी अक्टोबर २६ तारीख हेरौं राशिफल सभापति देउवाद्वारा घर—डेरामै सीमित रहेर पर्व मनाउन आग्रह परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह दशैँको मुख्य दिन विजयादशमीः उत्तम साइत १०ः१९ बजे जो जहाँ जहाँ छाँैं, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रम दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह बागलुङमै किबी र जडीबुटीको बिरुवा उत्पादन कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन

वैशाख ५ भित्र हिन्दुराज्य र राजतन्त्र फिर्ता नदिए आयोगविरुद्ध उत्रिने मन्त्रीकै चेतावनी

शुक्रबार, १ बैशाख २०७४, सगरमाथा पोष्ट

काठमाडौंः सरकारमा उपप्रधानसहित स्थानीय विकास मन्त्रालय सम्हाल्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैशाख ५ गतेसम्म आफ्नो पार्टीको विधानमा रहेको हिन्दुराज्य र राजतन्त्र शब्दावली फिर्र्ता लिन निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । 

रिपोर्टर्स क्लवमा बोल्दै उनले आफ्नो पार्टीको विधान र प्रस्तावनामा उल्लेख भएका सनातन हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र शब्द निर्वाचन आयोगले एकपक्षीय ढंगले हटाएको भन्दै आफूहरुले वैशाख ५ गतेसम्मको समय दिएको बताए । 

थापाले ५ गतेसम्म निर्णय पूर्नविचार गर्न आफूहरुले आयोगलाई पत्र दिइसकेको भन्दै आयोगले निर्णय पूर्नविचार नगरे ७४४ वटै स्थानीय तहमा आयोगको उक्त निर्णयको प्रतिलिपि जलाउने, ७५ वटै जिल्लाको सदरमुकाममा धर्ना तथा विरोध प्रदर्शन गर्ने बताए ।

उनले मधेसी मोर्चाले निर्वाचनमा भाग नलिए पनि तोकिएकै मितिमा चुनाव हुने र एकै चरणमा गराउने तयारीमा सरकार रहेको पनि खुलासा गरे । थापाले भने, ‘मोर्चाको माग सम्बोधन गर्नको लागि उनीहरुकै सहमतिमा अर्को संविधान संशोधन प्रस्ताव दर्ता गराएको खुलासा गरे । तर त्यसलाई अस्विकार गरेर उनीहरुले गम्भीर भुल गरेको उनको भनाई छ । 

‘अझै पनि मोर्चाले आफ्नो निर्णय पुर्नविचार गनुपर्छ, हाम्रो आग्रह यही हो’ – थापाले भने । राप्रपा अध्यक्षसमेत रहेका उनले भने, ‘मोर्चासँग अन्तिम समयसम्म पनि सहमतिको प्रयत्न रहन्छ, तर उहाँहरु नआए पनि निर्वाचन कुनै पनि पनि हालतमा रोक्दैनौं, यसबारेमा काँग्रेस, माओवादी केन्द्र र राप्रपाबीच सहमति भएको छ ।’ 

मोर्चाका नेताहरुसँग पाँच सुत्रीय भद्र सहमति भएको, जसअनुसार पूरानो विद्येयकबाट सीमांकनबाहेक भाषा, नागरिकता र राष्ट्रियसभाको प्रतिनिधित्वलाई नयाँमा राख्ने, सीमांकनलाई संघीय आयोग गठन गरेर जाने, संविधानको धारा २७४ परिमार्जन गर्ने, जनसंख्याको आधारमा स्थानीय तहको संख्या वृद्धि गर्ने सहमति भएको थापाले खुलासा गरे । 

उनले स्थानीय तहको चुनावमा राप्रपाले तालमेल गरेर जाने बताए । त्यस्तो तालमेल जुन दलसँग पनि हुनसक्ने थापाको भनाई थियो । तालमेल सिद्धान्तका लागि नभई चुनाव जित्नका लागि मात्रै हुने उनले स्पष्ट पारे ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू