Previous Version
Tuesday, Apr 13, 2021  |  मंगलवार, ३१ चैत्र २०७७   |  नेपाली समय लोड हुदैछ...
नेप्से नयाँ उचाइमा “सेफ सहित ७० तोला सुन चोरी कार्यमा संलग्न पक्राउ ” हत्या, दमनविरुद्ध समाजले अभियान चलाउने आभाष हर्टकनेक्ट रेस्टुरेन्ट एण्ड बार संचालनमा नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस अझै मेलम्चीको पानी वितरण भएन शून्य समय : रोजगारीदेखि एमसिसीसम्मका विषय “कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू” म्यानमारमा भैइरहेको हत्या र दमन विरुद्ध प्रदर्शन : नुवाकोटमा एक दर्जन कार्यक्रम बुटवलमा तीन सङ्क्रमितको मृत्यु कोरियामा नेपाली मजदूरको भिसा अवधि थप ट्र्याक्टर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुग्यो कांग्रेस केन्द्रीय समिति बैठक स्थगित कालीकोटका ६० वटा वनमा आगलागी मनकामना केबुलकार नियमित सञ्चालन

फेरी किन एकाएक हटाइयो पृथ्वीजयन्तीमा बिदा दिने निर्णय? यस्तो रहेछ रहस्य!

सोमबार, १४ चैत्र २०७३, सगरमाथा पोष्ट

काठमाडौं: यसअघि अब हरेक वर्ष  पृथ्वीजयन्तीको दिन सार्वजनिक दिने निर्णय भएको भनि आएका समाचारहरु एकएक गलत ठहरिएका छन् ।

सोबारेको जानकारी जब आइतबार मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिको बैठकमा सो निर्णय सरकारले मन्त्रिपरिषदबाट कुनै औपचारिक निर्णय नै नगरेको भेटियो तब सो तथ्य बाहिर आएको हो  ।

यसैबारे हिजोको बैठकमा सरकारका दुई मन्त्रीबीच चर्को विवाद भएको थियो ।

मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री दिलनाथ गिरीबीच विवाद भएको हो ।

आगामी २०७४ सालमा वर्षभरी दिइने सार्वजनिक बिदालाई औपचारिकता दिन सिंहदरबारमा बसेको बैठकमा पृथ्वीजयन्तीको (पुस २७ गते ) दिन दिइने भनिएको सार्वजनिक बिदा हटाइएको पाइएपछि पर्यटनमन्त्री गिरीले प्रश्न उठाएका थिए ।

गिरीले पृथ्वीजयन्तीको दिन बिदा नदिइए बिदाको सूचि पारित गराउन आफ्नो समर्थन हुन नसक्ने बैठकमा बताएपछि दुई मन्त्रीबीच विवाद सुरु भएको बताइएको छ ।

‘पृथ्जीजयन्तीको दिन क्याबिनेटबाटै निर्णय भएको समाचार छ, कसरी अहिले एकाएक बिदा हट्यो ? ‘ भन्दै निधिमाथि गिरीले कडा प्रश्न गरेका थिए ।

जवाफमा निधिले क्याबिनेटबाट कुनै निर्णय नभएको मात्रै राजनीतिक सहमतिको आधारमा आवश्यक परे पछि बिदा दिइने समझदारी मात्रै भएको जवाफ दिएका थिए ।

त्यसपछि थप आक्रामक बनेका गिरीले यसमा आफ्नो कुनै पनि हालतमा सहमति नरहने भन्दै ‘कसरी निर्णय गर्नुहुन्छ हेरौंला’ भन्दै जंगिएका थिए ।

ति सचिवका अनुसार विवादका बीच पनि पृथ्वीजयन्तीको दिन बिदा नदिने गरी बिदाको सूचि पारित गरिएको छ ।

यसबारे मन्त्री गिरीसँग बुझ्दा पृथ्वीजयन्तीको दिन सार्वजनिक बिदा दिनुपर्ने आफूहरुले विगतदेखिनै आवाज उठाउँदै आएको र आजको बैठकमा पेश भएको बिदाको सूचिमा पृथ्वीजयन्तीलाई नसमेटिएकाले आफ्नो असहमति रहेको प्रतिक्रिया दिए ।

उनले राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको सम्मानमा बिदा दिनुपर्छ भन्नेमा आफू अडिग रहेको समेत रातोपाटीलाई बताए ।
क्याबिनेटबाट निर्णय नै नभएको पाइयो
यस अघि पौष २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा छुट्टी दिने भनेर समाचार सार्वजनिक भएपनि विदा दिने कुनै निर्णय नभएको पाइएको छ ।

एक मन्त्रीका अनुसार क्याबिनेट बैठकमा बिदाबारे सामान्य छलफलमात्रै भएको तर निर्णय भने कुनै भएको थिएन । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको  पनि पृथ्वीजयन्तीको दिन बिदा दिने चाहना नरहेकै कारण सो निर्णय नभएको र अहिले गृहमन्त्रालयले त्यसलाई कटौती गरेर सार्वजनिक बिदाको सूचि पेश गरेको हो ।

बैठकमा गृहसचिवले पेश गरेको बिदाको सूचिमा क्रिशमसको दिन भने बिदा दिने उल्लेख  भएको  बताइएको छ । स्मरण रहोस् यसवर्ष पनि पृथ्जीजयन्तीको दिन बिदाको माग हुँदै आएकोमा सरकारले दिएको थिएन भने क्रिसमसको दिन भने अन्तिम समयमा आएर दिने गृहमन्त्रालयले निर्णय गरेको थियो ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू