Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

नेप्स परिसूचकको पहिरो जारी

बिहीवार, ९ आषाढ २०७९, सगरमाथा पोष्ट.
काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५.२५ अङ्कले ओरालो लागेर एक हजार ८४८.२८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०६ अङ्कले ओरालो लागेर ३६२.०९ मा ओर्लेको छ । कूल २३७ कम्पनीको ५० लाख आठ हजार ७७१ कित्ता शेयर रु एक अर्ब ४९ करोड ९७ लाख नौ हजार ६३५ बराबरको कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ३५ अर्ब १७ करोड ९६ लाख १८ हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २१.२९, व्यापार ३९.३९, होटल तथा पर्यटन ६७.१३, विकास बैंक ११९.८६, जलविद्युत् ८६.३६, वित्त ४७.१, निर्जीवन बीमा २१८.०५, उत्पादन ९५.९७, अन्य ३३.१९, लघुवित्त १०२.१५, जीवन बीमा १४३.३८, सामूहिक लगानी कोष ०.२५ र लगानी २.२३ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा कुमारी बैंक शीर्षस्थानमा छ । सो बैंकको रु नौ करोड ५३ लाख १२ हजार ५१० बराबरको कारोबार भयो । यस्तै लक्ष्मी बैंक रु छ करोड ३६ लाख ८५ हजार ३७५, नबिल बैंक रु पाँच करोड ५३ लाख ६९ हजार ६८७, हिमालयन डिस्टिलरी रु चार करोड ५२ लाख ४२ हजार २८८ र एनआइसी एशिया बैंक रु चार करोड १५ लाख ५९ हजार ४९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार घटेको बजारमा आँधीखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै एनआइसी ब्यालेन्स फण्ड ३.९४, विन नेपाल लघुवित्त २.७० र गुर्खाज फाइनान्सका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए । यस्तै शिवश्री हाइड्रोपावर ९.५६, लिवर्टी इनर्जी ९.२१, सामलिङ पावर ८.५०, एनआइबिएल प्रगति फण्ड ८.३२ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ८.०६ प्रतिशतले गुमाए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू