Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार सहयोग

बिहीवार, ९ आषाढ २०७९, सगरमाथा पोष्ट.
काठमाडौँ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु १२ लाख ८७ हजार ५८० आर्थिक सहयोग गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष कूल आचार्यले आज राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक पुनले अविष्कारका लागि एनआरएनले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेपालमा ९२ देखि ९४ प्रतिशत सामान आयात हुँदा धेरै रकम विदेशमा जाने गरेको बताउँदै स्वदेशमा उत्पादन गर्नसके व्यापार घाटा कम हुने बताउनुभयो । राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा नभई प्रदेशस्तर र पालिकास्तरमा खोल्नुपर्ने उहाँको भनाइ थियो । गैरआवासीय नेपाली सङ्घले आविष्कार केन्द्र स्थापना गरी नयाँ प्रतिभावान व्यक्ति उत्पादन गर्नुपर्ने उहाँको भनाइ थियो । एनआरएनएका अध्यक्ष आचार्यले विदेशमा सिकेको ज्ञान, सीप र लगानी नेपालमा हस्तान्तरण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता संस्था उपयुक्त भएको बताउनुभयो । एनआरएनएले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू