Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

दोर्दीको आइपिओको बाँडफाँट

बुद्धबार, ८ आषाढ २०७९, सगरमाथा पोष्ट.
काठमाडौँ, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल १४ लाख ७१ हजार ६६५ जनाले एक करोड ६३ लाख ९७ हजार ११० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्य ८८२ जना आवेदकको आवेदन रद्द भएको र बाँकी १४ लाख ७० हजार ७८३ योग्य आवेदकमध्ये दुई लाख एक हजार ९८६ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यसमा बाँकी नौ कित्ता शेयर १० कित्ता भन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप नौ जनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको दुई लाख ९७ हजार ८४० कित्तासहित गरी प्रतिकित्ता रु १०० अङ्कित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयरको बिक्री खुला गरेको थियो । त्यसमध्ये ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र एक लाख नौ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर मात्रै सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको हो । बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू