Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

नगरवासीलाई स्वस्थ्य बनाउन तारकेश्वर नगरपालीकाले ११ वटै वडामा योग भवन बनाउने गरी बजेट छुट्याँउदै छः उपमेयर बुर्लाकोटी

सोमबार, ६ आषाढ २०७९, सगरमाथा पोष्ट.
रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालीकाले नगरवासीहरुलाई स्वस्थ्य बनाउनको लागि नगरपालीकाको ११ वटै वडामा योग भवन बनाउने भएको छ ।  
नगरपालीकाले योग शिक्षालाई प्राथमीकतामा राखेर नगरका ११ वटै वडामा योग भवनको ट्रष्ट बनाउने गरी बजेट निर्माण भइरहेको तारकेश्वर नगरपालीकाकी उपमेयर सृजना बुर्लाकोटीले बताउनुभयो । 
८ औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा एन्जल्स हार्ट एजुकेशन फाउण्डेसन, तेजस्वी एकेडेमी र एन्जल्स हार्ट नेश्नल स्कुलको संयुक्त आयोजनामा तारकेश्वर नगरपालीका ९ स्थीत ए वान फुटसलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उपमेयर बुर्लाकोटीले यहि असार १० र ११ गते हुने तारकेश्वरको नगरसभाले योग भवनको लागि बजेट बिनियोजन गर्ने बताउनुभयो ।
नगरसभाले बजेट बिनियोजन गरेपछि नयाँ आर्थीक बर्ष देखि वडा भित्र रहेका सार्वजनीक जग्गाहरुको खोजी गरेर योगका लागि ट्रष्ट निर्माण हुने उपमेयर बुर्लाकोटीले बताउनुभयो । 
योगले धेरै रोगहरुको निशुल्क उपचार गर्ने बताँउदै उपमेयर बुर्लाकोटीले हरेक व्यक्तिले दैनिक १५÷२० मिनेट निकालेर योग गर्न अनुरोध गर्नुभयो । 
उहाँले भन्नुभयो“ म पनि चुनाव अघि दैनिक योग गदै आइरहेको थिए, चुनावमा बढीनै व्यस्त भएकालेले त्यस यता योग गर्न सकिरहेको थिइन्, आज तपाँईहरुसंगै योग गरें निकै आनन्दा पनि आयो, भोली देखिनै १० मिनेट भएपनि घरबाट योगअभ्यास गरेर मात्र काममा निस्कने छु”
दिनानाथ पौडेलले संयोजन गर्नुभएको कार्यक्रममा योग प्रशिक्षकहरु र विद्यार्थीहरुले बिभिन्न योगका अभ्यासहरु समेत गरीएको थियो ।  
No description available.
No description available.No description available.No description available.No description available.
zc

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू