Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

व्यवसायीका समस्या समाधान गर्न राष्ट्रिय व्यापार सङ्घको आग्रह

शनिबार, ४ आषाढ २०७९, सगरमाथा पोष्ट.
काठमाडौँ, राष्ट्रिय व्यापार सङ्घले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ । सङ्घले आज यहाँ आयोजना गरेको काठमाडौँ महानगरपालिका–२२ र २४ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीहरुले व्यवसाय दर्तादेखि घरभाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन् । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या समाधान गर्न जनप्रतिनिधिको सधँै साथ र समर्थन रहने बताउनुभयो । “जनप्रतिनिधि र व्यवसायी मिल्ने हो भने न्यूरोड क्षेत्रको अधिकांश समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो । अध्यक्ष महर्जनले आफ्नो वडाले व्यवसायीबाट वार्षिक रु १२ करोडभन्दा बढी रकम राजस्व उठाउने गरेको बताउँदै यस क्षेत्रको समस्या समाधानका लागि पनि वडाले खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । काठमाडौँ महानगरपालिका–२४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले व्यवसायीको लगानीको सुरक्षा गर्न स्थानीय सरकार कटिबद्ध भएर लाग्ने विश्वास दिलाउनुभयो । उहाँले बजारलाई सुरक्षित बनाउनका लागि आवश्यक पर्ने सिसिटिभी जडानलाई वडाले विशेष प्राथमिकता दिने उल्लेख गर्नुभयो । राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष सरोजकुमार श्रेष्ठले न्यूरोड क्षेत्रमा व्यवसायी र घरबेटीबीच भाडा, बिजुली, ढल, बिजुली तथा इन्टरनेटको तारलगायतको समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि स्थानीय सरकारलाई आग्रह गर्नुभयो । व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष हेम खरेलले बैंकले एलसीका लागि नगद जम्मा गर्ने नियम लागू गर्दा मझौला व्यवसायी समस्यामा परेको बताउनुभयो । उहाँले बिक्रेताले ढुवानीको पैसा तिनुपर्ने नियमले व्यवसायी मर्कामा परेका छन् भन्नुभयो ।सङ्घका पूर्वध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, महासचिव वैकुण्ठ दाहालगायतले बजारलाई सुन्दर र व्यवस्थित बनाउनका लागि बजारभित्र गल्लीको नामाङ्कन गरी ‘लोकेशन म्याप’ राख्नुपर्नेमा जोड दिनुभयो । विसं २०६१ मा स्थापना भएको सङ्घमा न्यूरोड क्षेत्रका दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू