Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा ओमान सहजै पराजित

बुद्धबार, १ आषाढ २०७९, सगरमाथा पोष्ट.
काठमाडौँ, आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ । अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच विकेट लिएपछि जित सहज बनेको हो । ओमानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ओमानले ४६ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर मात्र १६३ रन बनाउन सक्यो । एक सय ६४ रनको विजयी लक्ष्य नेपालले तीन विकेट गुमाएर ३३ दशमलव एक ओभरमा पूरा ग¥यो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ७५ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ५६ रन बनाए । शेखले ८६ बलमा ६२ रन बनाए । यसमा उनको एक छक्का र सात चौकासमेत सामेल थियो । यस्तै देव खनालले १२ बलमा एक चौकासहित १० तथा उपकप्तान रोहितकुमार पौडेलले अविजित २६ रनको योगदान दिए । उनले २१ बलको सामना गर्ने क्रममा एक छक्का र एक चौका हिर्काए । दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सात रन बनाए । बलिङतर्फ ओमानका फायाज बटले दुई तथा खवर अलीले एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको ओमान निर्धारित ५० ओभरको खेलमा १६३ रनमै खुम्चियो । ओमानका लागि कप्तान जिशन मक्सुदले अर्धशतकीय पारी खेले । उनले एक सय बलको सामना गर्ने क्रममा तीन चौकाको मद्दतमा ५२ रनको योगदान दिए । यस्तै सन्दीप गौडले ९१ बल खेल्दै एक छक्का र तीन चौकासहित ४७ रन बनाए । बलिङतर्फ नेपालका करन केसीले पाँच, कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । जितसँगै नेपाल अङ्क तालिकाको पाँचाँै स्थानमा उक्लिएको छ । नेपालले हालसम्म खेलेको १५ खेलमध्ये सातमा जित निकाल्दै १५ अङ्क जोडेको छ । नेपालले अर्को खेल आज राति ९ : १५ बजे घरेलु टोली अमेरिकासँग खेल्ने छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू