Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

मंगलवार, ३१ जेष्ठ २०७९, सगरमाथा पोष्ट.
काठमाडौँ, देशभर पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३४१ को नमूना परीक्षण गरिएको थियो । एक हजार ४७३ जनाको पिसिआर र ८६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा १६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार २३३ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा तीन लाख ८५ हजार ९०६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९३ जना रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेसनमा ९२ र संस्थागत आइसोलेसनमा एक सङ्क्रमित छन् । हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, ताप्लेजुङ, पर्सा, सप्तरी, बारा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, मकवानपुर, चितवान, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, बाजुरा, दार्चुला, बझाङ, डडेल्धुरा र कञ्चनपुर छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १८ तथा ललितपुरमा र भक्तपुरमा चार÷चार सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमण दर १७ दशमलव एक प्रतिशत छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू