Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

तारकेश्वर नगरपालीकाले आचरण बिपरीत काम गर्ने कर्मचारीलाई मन्त्रालयमा र्फिता पठायो, कर्मचारीमा खैलाबैला

सोमबार, ३० जेष्ठ २०७९, रबिन थपलिया / सगरमाथा पोष्ट.
काठमाण्डौं । आचरण विपरीत अनियमीततामा संलग्न रहेको कर्मचारीलाई नगरपालीकाले र्फिता पठाएपछि तारकेश्वर नगरपालीकाको कर्मचारीहरुमा खैलाबैला सुरु भएको छ । 
नगरपालीकाको भुमि व्यवस्थापन शाखामा कार्यरत अधिकृत छैठौं स्तरका कर्मचारी चेतबहादुर सिंह आचरण विपरीतका गम्भीर प्रकृतिको गतिविधिहरुमा संलग्न भएको पाएपछि नगरपालीकाले जेष्ठ २६ गते संघिय मामला तथा स्थानीय विकास मन्त्रालयमा र्फिता पठाएको थियो । 
नगरपालीकामा बिजयी भएर आएपछि आफु कुनै तलब र सुविधा नलिने घोषणा गरेका मेयर कृष्णहरी मर्हजनले बिभिन्न बहानामा जनतालाई दुख दिने र अनियमीतता गर्ने कसैलाई पनि आफुले नसहने बताएका थिए ।
एउटा फायल लिएर नगरपालीका पुग्ने सेवाग्राहीहरुलाई बिभिन्न बहानामा हप्तौं सम्म पनि धाउनु पर्ने अवस्था आएको भन्दै सेवाग्राहीहरुले मेयरलाई गुनासो गदै आइरहेका थिए । नगरवासीहरुको गुनासोलाई सम्बोधन गदै मेयर महर्जनले नगरपालीका परिसर भित्रै नयाँ ट्रष्ट निर्माण गरेर सबै सेवा एकै ठाँउबाट दिने व्यवस्था गर्न लागेका छन् । निमाणाधिन ट्रष्ट भित्र रहने क्याबीनको अघिल्लो भागबाट प्रवेश गर्ने सेवाग्रहीले कागपत्र पुरा गरेको अवस्थामा आधाघण्टामा सबै काम सकेर घर र्फकन सक्ने छन् । क्याबिनहरुमा नक्सापास, राजश्व जस्ता जनतासंग प्रत्यक्ष सरोकार राख्ने शाखाका कर्मचारीहरुबाट एकिकृत रुपमा सेवा पाउने छन् । 
हाल नगरपालीकाका सेवाग्राहरीहरुले एउटा फायल बोकेर नगरपालीकाका दुईवटा भबनमा रहेका कोठा कोठामा चाहानुपर्ने बाध्यता रहेको छ । 
बिगतका गलत संस्कारहरुलाई अन्त्य गरेर जनतालाई सुसासन दिने मेयर महर्जनका योजनालाई कर्मचारी प्रशासन आफै आतंकीत भएर असफल बनाउन सुरु गरेको बताइन्छ ।
आचरण बिपरीतको गम्भीर गतिविधिमा संलग्न रहेका कर्मचारीलाई र्फिता पठाएको भन्दै उल्टै तारकेश्वर नगरपालीकाका कर्मचारीहरुले मेयर महर्जनलाई ज्ञापनपत्र बुझाएका छन् । उनिहरुले बुझाएको ४ बुंदे ज्ञापनपत्रमा अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुले नियुक्ती गरेका कार्यकर्ता कर्मचारीहरुलाई करार अवधी थप गर्न समेत माग गरिएको छ । नगरकार्यपालीकाका एक सदस्यले सरकारी कर्मचारीको तर्फबाट भनेर दिइएको ज्ञापनपत्रमा पुराना मेयरले भर्ना गरेका कार्यकर्ताहरुको करार पनि थप गरेर भन्नु राजनैतिक गन्ध आएको बताए । उनले भने “करारका कार्मचारीहरुको अवधी थप गर्ने नगर्ने कार्यपालीकाको कुरा हो तर सरकारी कर्मचारी भन्ने अनि पहिलाका मेयरले भर्ना गरेका कार्यकर्ताहरुलाई करार थप गर भन्नु राजनैतिक पुर्वाग्रह जस्तो देखिन्छ ” उनले कर्मचारीले बुझाएको भनिएको ज्ञापनपत्रको बिषयमा नगरकार्यपालीकाको बैठकले थप बुझेर उचित निर्णय लिने बताए । 
यता, मेयर कृष्णहरी मर्हजनले इमान्दारीताको साथ काम गर्ने जो कोही कर्मचारी डाउनु नपर्ने बताए । आफु जुन राजनैतिक पृष्ठभुमिबाट आएपनि निर्वाचीत भएपछि सबैलाई समान व्यवहार गर्ने बताँउदै महर्जनले नगरकार्यपालीकाले गर्ने नितिगत निर्णयमा कर्मचारीहरुले अनावश्यक चासो र हस्तक्षेप गर्न नहुने बताए । 
हिजो जसरी कर्मचारी प्रशासन चलिरहेको थियो त्यो भन्दा बिल्कुल फरक ढंगले सेवा दिने अभियानमा लागेको मेयर महर्जनलाई काममा भाँजो हाल्न सुरु गरिएको छ । नगरपालीकाका कर्मचारीहरुको अनावश्यक भत्ता, सुविधा कटौती गर्ने मेयर महर्जनले बताएपछि कर्मचारीहरु रुष्ट बनेका छन् । गतबर्ष मात्र जनताले तिरेको करबाट तारकेश्वर नगरपालीका कर्मचारी, जनप्रतिनिधिहरु रारा भ्रमणको नाममा २० लाख रुपयाँ सकेर र्फकिएका थिए । बिगतमा कर्मचारीहरुलाई भ्रमण, तालीम लगायतको नाममा बिकास बजेट कटौती गरेर कार्यक्रम गरिंदै आइएको थियो । यस पटक मेयर महर्जनले गनै पर्ने बाहेकका त्यस्ता कार्यक्रममा बजेट खर्च नगर्ने बताइसकेका छन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू