काठमाण्डौं । पतञ्जली युवा नेपाल समितिको आयोजनामा बासुकी योग साधना केन्द्रको सह आयोजनामा तारकेश्वर नगरपालीका ९ का त्रिदिवसीय योग जागरण अभियान सुरु भएको छ ।
आज देखि ३ दिन सम्म चल्ने योग जागरण अभियानको तारकेश्वर नगरपालीका ९ का अध्यक्ष श्यामकृष्ण महर्जनले उदघाटन गर्नुभयो ।

कार्यक्रमको उदघाटन गदै अध्यक्ष महर्जनले स्वास्थ्यको लागि योग अति आवश्यक रहेको बताँउदै योग जागरण अभियानलाई वडा भरीनै सञ्चालन गरिने बताउनुभयो ।
उहाँले वडाबासीलाई स्वास्थ्य बनाउनको लागि योग, ध्यान, व्यामको लागि आवश्यक पर्ने जग्गा तथा भबन एक बर्ष भित्र व्यवस्था समेत गरिदिने आश्वासन दिनुभयो ।
तिन दिन सम्म चल्ने उक्त योग जागरण अभियानका लागि योग प्रशिक्षक कुमार श्रेष्ठ, कविराज बराल, चन्द्र सापकोटा र निरा पोख्रेलले योग, ध्यान र व्यामको प्रशिक्षण दिनु हुने कार्यक्रम रहेकोे छ ।

sd