नुवाकोट । नेपालका ४६० गाँउपालीका मध्यसबै भन्दा पहिला नुवाकोटको तारकेश्वर गाँउपालीकाले जनताको चासो र गुनासो सुन्नको लागि २४ घण्टानै सञ्चालन हुने गरी निशुल्क हटलाईन सेवा सञ्चालनमा ल्याएको छ ।
नेपालका ४६० गाँउपालीकहरु मध्य केहि गाँउपालीकाहरुले कार्यालय समय भित्रमा मात्र सञ्चालन गर्ने गरी हटलाईन सेवा सुरु गरेका छन् । तर तारकेश्वर नगरपालीकाले भने जनताको गुनासो सुन्नको लागि भन्दै २४ घण्टानै सञ्चालन हुने गरी हटलाइन सेवा सुरु गरेको हो ।
हटलाइन सेवाका लागि गाउँपालिकाले टोल फ्री नम्बर १६६००१४५२२२ सञ्चालनमा ल्याएको छ । तारकेश्वरवासीले यो नम्बरमा चौबिसै घण्टा फोन गर्न सक्छन् । यो नम्बरमा फोन गर्दा टेलिफोन शुल्क लाग्दैन ।

तारकेश्वर गाँउपालीकाका अध्यक्ष शिव अधिकारी अबिरलका अनुसार जनताको सल्लाह सुझाब संकलन गर्ने र जनगुनासोलाई कदर गर्दै जनताका समस्या तत्काल समाधान गर्ने उद्देश्यले हटलाइन सेवा सुरु गरिएको हो । गाउँपालिकाभित्र एम्बुलेन्स, प्रहरीजस्ता अत्यावश्यकीय सेवा लिन पनि हटलाइनको प्रयोग गर्न सकिने उनले बताए ।
गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बिहीबार हटलाइन सेवाको उद्घाटन गरे । दाङसिङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा स्थापित हटलाइन सेवा केन्द्रको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाए । २४सै घण्टा हटलाइन सेवा दिन कर्मचारीको व्यवस्था गरिएको बताउँदै अधिकारीले विनाशंकोच आफ्ना गुनासा वा सल्लाह सुझाब टिपाउन र गाउँवासीलाई अनुरोध गरे ।

लामो समय देखि समाजसेवा, पर्यटन क्षेत्र र पर्यटन पत्रकारीतामा योग्दान दिंदै आइरहेका अधिकारी त्यस क्षेत्रमा अरु भन्दा फरक कामहरु गरेर चर्चा बोटुल्दै आइरहेका थिए । अधिकारीको पहलमा दुई बर्ष अघि पर्यटन क्षेत्रमानै पहिलो पटक डोमेस्टीक टुरिजम मार्ट सञ्चालन गरेर निकै प्रशंसा बोटुल्न सफल भएका थिए । अधिकारीको अग्रसरतामा ति क्षेत्रहरुमा दर्जन बढी नयाँ कामहरु भएको पर्यटन व्यवसायीहरुलेनै स्मरण गर्दछन् । कोरोनाको समयमा अधिकारीकै पहलमा एक सय बढी अक्सीजन कन्सन्टेटर, स्वास्थ्य सामग्री लगायत पत्रकारहरुलाई समेत राहत बितरण गरेका थिए ।