Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

त्रिविको ताला खोल्न अनेरास्ववियुको माग

बिहीवार, २६ जेष्ठ २०७९, सगरमाथा पोष्ट.
काठमाडौँ, अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारीको कार्यकक्षमा लगाइएको तालाबन्दी खोल्न माग गरेको छ ।  अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गर्नुभएको छ । उहाँले तीनदिनभित्र ताला खोली त्रिविको काम सञ्चालन नबनाए अनेरास्ववियुले आफैँ ताला फोडेर त्रिवि सञ्चालन गर्नेसमेत बताउनुभयो । त्रिविमा लगाएको ताला खोलेर सञ्चालन गर्न सरकार संवेदनशील नभएको उहाँको भनाइ छ । अध्यक्ष बरालले त्रिविमा पाँच महिनादेखि लगाइएको तालाले त्रिविलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने सरकारको लक्ष्यलाई बाधा पुग्नेसमेत बताउनुभयो । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घले माघ ७ गतेदेखि र आंशिक शिक्षकले माघ २० गतेदेखि तालाबन्दी गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू