Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

कालिका मन्दिर चिनाउन सङ्ग्रहालय

आईतवार, ८ जेष्ठ २०७९, सगरमाथा पोष्ट.
गलकोट, गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार–प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ । कालिका मन्दिर भगवती मन्दिरको प्रवेशद्वारमा दुईतले सङ्ग्रहालय भवन निर्माण थालिएको छ । कालिका मन्दिरसँग जोडिएको पुरातात्विक वस्तु, कालिका मन्दिरको इतिहासलगायतका जानकारी सङ्ग्रहालयमा राखिने छ । सङ्ग्रहालय निर्माणपश्चात कालिका मन्दिर चिनाउन थप सहज हुने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । “सङ्घीय सरकारको योजनामा सङ्ग्रहालय बन्नका लागि शनिबार शिलान्यस गरेका छौँ, कालिका मन्दिरको पहिचान, मन्दिरको थप रोचक पक्षलाई उजागर गर्न सङ्ग्रहालय अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “मन्दिरको मेला र निर्वाचनका कारण निर्माण गर्न केही ढिलाइ भएको हो, जतिसक्दो छिटो सङ्ग्रहालय तयार हुनेछ ।” शनिबार बागलुङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले सङ्ग्रहालयको शिलान्यास गर्नुभएको छ । दुई तलाको पक्की भवन निर्माणपश्चात यसलाई सङ्ग्रहालयका रूपमा अगाडि बढाइने छ । सङ्ग्रहालय भवन निर्माण गर्न सङ्घीय सरकारअन्तर्गत सघन तथा भवन डिभिजन कार्यालय बागलुङले रु ९० लाख विनियोजन गरेकामा रु ६१ लाखमा ठेक्का सम्झौता भएको छ । ठेक्का मिति यही असारसम्म रहेको छ । माछापुच्छ्रे निर्माण सेवाले उक्त भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि कलाधर आचार्यले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू