Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी

बुद्धबार, १४ बैशाख २०७९, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाल बक्सिङ सङ्घले विश्व महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुने चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । सङ्घले अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आइवा) विश्व महिला बक्सिङ च्याम्पियनशिप–२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट महिला चार बक्सरलाई बन्द प्रशिक्षणमा बोलाइएको बक्सिङ सङ्घका प्रवक्ता श्यामकाजी अवालेले बताउनुभयो । आगमी मे ६ देखि २१ तारिखसम्म टर्कीको इस्तानबुल सहरमा हुने १२ औँ विश्व महिला बक्सिङ च्याम्पियनशिपमा नेपालबाट सुस्मन तामाङ, मिनु गुरुङ, चन्द्रकला थापा र पुनम रावलले प्रतिस्पर्धा गर्नेछिन् । सुस्मनले ४८ केजी तौल समूहमा, मिनुले ५२ केजी, चन्द्रकलाले ५७ केजी र पुनमले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी उक्त चारजना खेलाडीहरु गत महिना थाइल्यान्डमा भएको खुला अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनशिप खेलेर आएका खेलाडी हुन् । खेलाडीलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आइबा थ्री स्टार प्रशिक्षक दीपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र साँझ प्रशिक्षण दिइरहनुभएको छ । आसन्न १९औँ एसियन प्रतियोगिता (एसियाड) को तयारीका लागि पनि यस प्रतियोगिता महत्वपूर्ण हुने सङ्घले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू