Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

इण्डो–नेपाल बैठक : निर्वाचनमा ४८ घण्टा नाका सिल गरिने

शुक्रबार, ९ बैशाख २०७९, सगरमाथा पोष्ट.
काठमाण्डौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीय इण्डो–नेपाल समन्वयात्मक बैठक आज कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ । निर्वाचन केन्द्रीय शान्ति सुरक्षा एवं निर्वाचनको मितिभन्दा ४८ घण्टा पहिले कञ्चनपुरसित जोडिएका भारतीय नाका बन्द गर्ने विषयमा बैठकमा आपसी समझदारी बनेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बैठकमा स्थानीय तहको निर्वाचनमा सीमा सिल, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रणलगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो । “स्थानीय तहको निर्वाचन केन्द्रीय समन्वयात्मक बैठक नै हो ।” उहाँले भन्नुभयो, “कञ्चनपुरसित सीमा जोडिएका भारतीय नाका वैशाख ३० गतेको ४८ घण्टाअघिदेखि बन्द हुनेछन् ।” अस्पताल र किरियापुत्रीलगायत विशेष कामलाई भने नाकामा आवागमन सहज गर्ने भनिएको छ । त्यसैगरी प्रजिअ पाण्डेका अनुसार नेपाल–भारत सीमा अतिक्रमणका विषयमा समेत बैठकमा छलफल भएको छ । “संयुक्त सर्वे टिमलाई सीमा छुट्याउन अनुरोध गर्ने विषयमा पनि एकमत भएका छौँ ।” उहाँले भन्नुभयो, “सीमा अतिक्रमणको विषय दुवै देशबाट उठे ।” सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण, वन्यजन्तु चोरी शिकारी नियन्त्रणलगायतका विषयमा दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान गरेर अघि बढ्ने विषयमा सहमत भएको प्रजिअ पाण्डेको भनाइ छ । यसैगरी बैठक सकिएपछि पत्रकारसँग प्रतिक्रिया दिँदै भारतको कुमाउका डिआइजी निलेश आनन्द भरणेले नेपालमा हुने गइरहेको स्थानीय तहको निर्वाचनमा सीमा सिल, सीमा क्षेत्रको शान्ति सुरक्षामा आफूहरु सहयोग गर्ने बताउनुभयो । “चम्पावतमा हुने निर्वाचनका बेला पनि हामी नेपाली अधिकारीसित सीमा क्षेत्रमा नाका सिललगायतको सहयोग मागेका छौँ ।” डिआइजी भरणेले भन्नुभयो, “अन्य आपराधिक गतिविधि नियन्त्रणमा नेपाल–भारत सुरक्षा निकायबीचको सहकार्य निकै राम्रो रहेको छ ।” बैठकमा नेपालका तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, कञ्चनपुरका सुरक्षा निकायका प्रमुख, भन्सार तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुखलगायतको सहभागिता रहेको थियो । त्यस्तै भारतीय पक्षबाट चम्पावतका डीएम विनित तोेमर, पीलीभितका डीएम पुलकित खरे, उद्यामसिंह नगरका डीएम युगल किशोर पन्तलगायतको सहभागिता थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू