Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानद्धारा गोकर्णेश्वरमा दौड प्रतियोगिता तथा भेट्रान्स खेलाडी सम्मान कार्यक्रम आयोजना

आईतवार, २० चैत्र २०७८, सगरमाथा पोष्ट.
काठमाण्डौं । नेपालका प्रथम म्याराथुन धावक मीन बहादुर विष्टको सम्मानमा खोलीएको संस्था मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानको आयोजनामा गोकर्णेश्वर नगरपालिका भित्रका उच्च माध्यमिक विद्यालय स्तरिय खुल्ला दौड प्रतियोगिता तथा भेट्रान्स खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ । 
शनिबार विहान गोकर्णेश्वर नगरपालीका ३ को कार्यालय महांकाल सुन्ताखानमा प्रतिष्ठानको आयोजनामा गरेको कार्यक्रममा दौड प्रतियोगितामा बिजयी खेलाडीहरुलाई नगद, मेडल र प्रमाणपत्र तथा ख्याती प्राप्त भेट्रान्स खेलाडीहरुलाई सम्मान गरिएको छ । 
कार्यक्रममा गोकर्णेश्वर नगरपालीका भित्रका माध्यामिक बिद्यालय स्तरीय महिला र पुरुष दौड प्रतियोगिता समेत आयोजना गरियो । उक्त दौड प्रतियोगिताको पुरुष दौडमा चामुण्डा माविका मिङमार सिङ्गी तामाङ प्रथम, मनकामना माविका सागर तामाङ द्धितिय र समता निकेतन माविका छात्र सुमन नेपाली तृतिय भए । 
त्यस्तै महिला तर्फ भेनस माविकी रजनी श्रेष्ठ प्रथम, सहयोगी माविकी रमिता वन र भेनस माविकी सुकलामु तामाङले तृतिय स्थान जितेका छन् । बिजेता महिला र पुरुष खेलाडीहरुलाई क्रमश रु २० हजार, १५ हजार र १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । दौड प्रतियोगितमा २९ वटा माध्यमिक विद्यालयबाट २ जना महिला तथा २ जना पुरुष खेलाडी सहभागी भएका थिए । 
उक्त कार्यक्रममा नेपालका भेट्रान्स खेलाडीहरु यज्ञलाल श्रेष्ठ, गीरवान विक्रम शाह, भैरब शाही, मुकुन्द हरी श्रेष्ठ, जीत वहादुर के.सी, फोटो पत्रकार स्याम चित्रकार, वोलम्पपियन राजेन्द्र वहादुर भण्डारीलाई सम्मान गरिएको थियो । 
May be an image of 1 person and standing
कार्यक्रमको उदघाटन गदै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोस चालिसेले दौड प्रतियोगिता र भेट्रान्स खेलाडीहरुको सम्मान कार्यक्रमको सफलताको कामना गर्नुभयो । 
कार्यक्रममा नेपाल मास्टर एथलेटिक्स एशोसिएसनका अध्यक्ष जेएन दाई शर्माले नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउने नेपालका प्रथम म्याराथुन धावक मीन बहादुर विष्टको योग्दान छाँयामा परेको भन्दै प्रचार प्रसार गरिनुपर्ने बताउनुभयो ।
May be an image of 11 people, people standing and outdoors
उहाँले भन्नुभयो “नेपालको नामलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने विष्टको नामलाई घर र ढोकामा मात्र सिमिति राख्नु भएन्, उहाँ जुन समय र परिस्थीतिमा देशको नामलाई चिनाउन लाग्नुभयो यो कुरा आज र भोलीको पुस्तालाई सुनाउन जरुरी छ, त्यसैले यसलाई बढी भन्दा बढी प्रचारप्रसार गरौं ।”
उहाँले प्रथम धावक विष्टको इतिहाँसलाई जीवन्त राख्न गोकर्णेश्वर नगरपालीका भित्र पुर्णकदको शालीक र कम्तीमा पनि उहाँको नाममा सम्मान स्वरुप एउटा सडकको नामाकरण हुनुपर्ने बताउनुभयो । 
कार्यक्रममा गोकर्णेश्वर नगरपालीका ३ का वडा अध्यक्ष राजेन्द्रकुमार भण्डारीले बिष्टको योग्दानलाई चिरकाल सम्म स्मरण गराईरहनको लागि आफुले पहल गरिरहेको बताउनुभयो । 
विष्टको सम्मान स्वरुप आफुले वडाबाट यस पटक देखि प्रतिष्ठानलाई आर्थिक सहयोगको व्यवस्था गरेको बताँउदै त्यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइनुपर्ने बताउनुभयो । 
मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानका संस्थापक अध्यक्ष रमेश बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अच्यूत विष्टले कार्यक्रममा सहभागी खेलाडीहरु, अतिथिहरु लगायत सबैलाई स्वागत गर्नुभएको थियो । 
कार्यक्रम सञ्चालन गदै मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानका अध्यक्ष अशोक विष्टले नेपालका प्रथम म्याराथुन धावक मीन बहादुर विष्ट नेपालको गहना भएकाले सरकारले त्यसको उचित सम्मान गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा गोकर्णेश्वर नगरपालीकाकी उप मेयर शान्ति नेपाल, सल्लाहकार दिपक रिसाल, गोकणेश्वर नगर प्रबक्ता तथा वडा नं ८ का वडा अध्यक्ष मनोज डुङ्गाना र वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारी लगायतको उपस्थीति रहेको थियो । 
May be an image of 9 people, people standing and outdoors
May be an image of 7 people, people standing and outdoorsMay be an image of 6 people, people standing and outdoors
May be an image of 12 people, people sitting and people standing
May be an image of 2 people, people standing and outdoors
sd

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू