Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

विश्व कविता दिवसमा कविगोष्ठी

मंगलवार, ८ चैत्र २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, विश्व कविता दिवस (मार्च २१) का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कविगोष्ठीको आयोजना गरिएको छ । कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले कविताको सामथ्र्यलाई स्वीकार गरेर यस विषयमा सिर्जना, छलफल र प्रचार गर्न यो दिनको महत्व रहेको बताउनुभयो । कविता सुनेपछि सबैमा नयाँ ऊर्जा सञ्चारित हुने र कविता लेखनमा नयाँ पुस्ता प्रेरित हुने उहाँको भनाइ थियो । प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले कविता सिर्जना गर्ने, पठन गर्ने, रसास्वादन गर्ने, प्रकाशन गर्ने, अभियानकै दृष्टिले सञ्चार र प्रचार–प्रसार गर्ने दिनका रूपमा विश्व कविता दिवस रहेको विचार व्यक्त गर्नुभयो । सन् १९९९ मा पेरिसमा सम्पन्न युनेस्कोको ३०औँ महासभाबाट घोषणा गरिएपछि विश्व कविता दिवस मनाउन थालिएको र नेपालमा सन् २००२ देखि यो दिवस मनाउन थालिएको हो । गोष्ठीका सभाध्यक्ष प्रज्ञा–प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले आफू काव्य विभागको जिम्मेवारीमा आएपछि कविता र काव्यका क्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले थप उचाइ प्राप्त गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा ३१ जना कविहरूले कविता

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू