Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

चीनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थाल्यो

मंगलवार, १ चैत्र २०७८, सगरमाथा पोष्ट.
बेइजिङ, चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको पाइएको छ । चीनका विभिन्न सहरमा सोमबार मात्र कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या तीन हजार ५०७ जना भेटिएका नेशनल हेल्थ कमिसनले मङ्गलबार जनाएको छ । नयाँ स्थानीय सङ्क्रमणमध्ये जिलिनमा ३ हजार ७६ शानडोङमा १०६, सान्सीमा ५३, तियान्जिनमा ५१, ग्वाङ्दोङमा ४८, फुजियानमा ३३, झेजियाङमा ३१, लिओनिङमा २४, जियाङ्सुमा २०, हेबेईमा १३ जनामा सङ्क्रमण देखिएको समाचारमा जनाइएको छ । बाँकी घटनाहरु सांघाई, हेइलोङजियाङ, गान्सु, बेइजिङ, गुआङ्सी, युनान, गुइझोउ, आन्हुइ र हेनानमा देखिएको जनाएको छ । सोमबार कुल ९५ वटा आयातित कोभिड–१९ का घटना सार्वजनिक भएको आयोगले आफ्नो दैनिक प्रतिवेदनमा जनाएको छ । सोमबार ११ हजार ९८४ जना कोरोनाका बिरामी उपचाररत थिए । जसमध्ये ८ जनाको अवस्था गम्भीर थियो । सन् २०१९ को डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस रोगको प्रकोपपछि मुख्य भूमिमा कूल चार हजार ६३६ व्यक्तिको यस भाइरस सङ्क्रमणको कारण मृत्यु भएको थियो । त्यहाँका सबैजसो नागरिकालाई कोरोना पुनःहुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै निरन्तर परीक्षण गरिरहेको बताइएको छ

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू