Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

जर्मनीले कोभिडको ‘ब्यापक’ महामारीको सामना गरिरहेको स्वास्थ्यमन्त्री जेन्स स्पाहनको भनाइ

बुद्धबार, १७ कार्तिक २०७८, सगरमाथा पोष्ट.
बर्लिन, जर्मनीमा कोभिड–१९ विरूद्धको खोप नलगाएका व्यक्तिहरूका कारण ‘ब्यापक’ महामारीको सामना गरिरहेको स्वास्थ्यमन्त्री जेन्स स्पाहनले बुधबार बताउनुभएको छ । उहाँले यसलाई नियन्त्रणमा लिन ‘कठोर’ कदम चाल्न आह्वान पनि गर्नुभएको छ । स्पाहनले सञ्चारकर्मीसँग भन्नुभयो, “हाल हामी मुख्यतया खोप नलगाइएको महामारीको अनुभव गर्दैछौं र यो व्यापक छ । जर्मनीका कुनै–कुनै क्षेत्रमा कोभिडको महामारीका कारण सघन उपचार कक्षहरू पूरै भरिएका कारण नयाँ विरामीलाई उपचारका लागि भर्ना गर्न नै कठिनाइ भइरहेको छ ।” लगभग ८ करोड ३० लाख मानिसहरू भएको युरोपको सबैभन्दा बढी जनसंख्या भएको देश जर्मनीले हालैका हप्ताहरूमा कोभिड–१९ सङ्क्रमणको चौथो लहरको सामना गरिरहेको छ । पछिल्लो एक हप्तामा सङ्क्रमण दर मेपछि उच्च अवस्थामा पुगेको देखिएको छ । यस देशले विगत २४ घण्टामा २०,३९८ वटा रोग थप्यो भनी रबर्ट कोच स्वास्थ्य संस्थानले बुधबार बतायो भने अरू १९४ जनाको मृत्यु भयो । जनसङ्ख्याको ६६ प्रतिशतभन्दा बढीलाई पूर्णतया खोप लगाइएको छ तर खोप लगाउने क्रम सोचे अनुरूप छिटो हुन नसकेको स्पाहनल बताउनुभयो । उहाँले १८ देखि ५९ वर्ष समूहले उल्लेख्य खोप नलगाएकोमा निराशा व्यक्त गर्नुभयो । कोभिडबाट निको भएका वा हालै सङ्क्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्थाको व्यापक परीक्षण गरी चौथो लहर फैलिनुको कारणप्रति सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । केही कठिनाई रहेका क्षेत्रहरूमा खोप लगाएका तथा पूर्णतया निको नभएका व्यक्तिमा खोप र उपचारकोे पहुँच पु¥्याउने वा नागरिकलाइृ महामारीबाट सुरक्षित राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । जर्मनीमा यो अभियानलाई टू–जी प्रणालीका रूपमा उल्लेख गरिएको छ । उहाँले भन्नुभयो, “खोप दुव्र्यवहारसँग यसको कुनै सम्बन्ध छैन, तर स्वास्थ्य सेवा प्रणालीको ओभरलोडिङबाट जोगिने हो ।” उहाँले जर्मनीमा हालको गति ‘अपर्याप्त’ रहेको भन्दै खोपको ‘बुस्टर’ मात्रालाई व्यापक परिचालन गर्नुपर्ने बताउनुभएको छ । (रासस÷एएफपी)

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू