Previous Version
Sunday, Oct 17, 2021  |  आईतवार, ३१ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समितिद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै नुवाकोटको छहरेमा रा प्र पा को क्षेत्रीय कार्यालय उद्घाटन एक सय छतिस कार्यकर्ता राप्रपामा प्रवेश नेपाल टेलिकम वर्कर्स युनियन बाग्मती प्रदेशद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य संसद्मा अवरोध कायमै भाडा वृद्धि गरिएकामा आपत्ति हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

शिवपुरीमा वडा कार्यालयले दुई पटक सुचना जारी गर्दा पनि उपभोक्ता समिति गठन गर्न उपभोक्तानै उपस्थीति नभएपछि....

शुक्रबार, १५ असोज २०७८, सगरमाथा पोष्ट.
प्रवीण थपलिया, नुवाकोट 
उपभोक्ता समिति वा लाभग्राही समूहबाट  गर्नु पर्ने विकास निर्माण कार्यमा शिवपुरीबासी अनिच्छुक देखिएका छन। उपभोक्ताको  बाक्लो उपस्थिति हुने तथा उपभोक्ता समितिमा बस्न हानथाप हुने थानापती बासिले यसपाली भने वडाले उपभोक्ता भेला बोलाउदा समेत चासो देखाएनन्। वडा कार्यालय ले वडा भित्रको मोटर बाटो  दशैं अगाडि नै मर्मत गर्न पहिलो पटक असोज आठ गते र दोस्रो पटक असोज चौध गते उपभोक्ता भेला बोलाएको थियो।  शिवपुरी आठको वडा कार्यालय ले पटक पटक गरि दुई पटक उपभोक्ता भेला बोलाएपनि कोही उपभोक्ता उपस्थिति नभएपछि जनप्रतिनिधिहरु नै के गर्ने भन्ने अलमलमा परेका छन । बर्षातको पानी ले लथालिङ्ग वडाका सडक दशैंमा संचालन गर्नका लागि वडा कार्यालयबाट छ लाख वजे विनियोजन गरिएको छ । उपभोक्ता समिति वा लाभग्राही समूहबाट निर्माण कार्य गर्नु पर्ने भएपनि भेलामा उपभोक्ता नै उपस्थिति नभएपछि वडा कार्यालय ले  दशैंका लागि गरिनेने सडक  मर्मत प्रभावीत बनेको छ। पहिले पहिले उपभोक्ता समितिमा बसेर काम गरेका ब्यक्तिहरु पनि यसपाली समितिमा बसेर काम गर्न इच्छा नभएको बताउछन्।  आफुले पहिले लगानी गर्नु पर्ने भुक्तानी लिनबेला झन्झटिलो तथा ढिलो  हुने  तथा पालिकाले जनश्रमदान व्यवस्था गरेको तर कोही उपभोक्ताले जनश्रमदान नगर्ने कारण समितिका पदाधिकारी नै घाटामा पर्ने गरेको  पूर्व उपभोक्ता समितिका पदाधिकारी अनिल तामाङको गुनासो छ। थानापतीमा मोटरबाटो धेरै भएको वडा कार्यालयले छुट्याएको सानो रकमले काम गर्न नसकिने उपभोक्ता लक्षुमण तामाङ वताउछन्। 
 आफुहरुले उपभोक्ता लाई समितिमा वस्न बारम्वार अनुरोध गरेपनि कोही बस्न तयार नभएको शिवपुरी आठ का वडा अध्यक्ष पदमबहादुर थपलिया बताउनु हुन्छ।  
No description available.
No description available.

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यलयले हालै पृष्ठपोषणका लागि अनुरोध गरेको  उपभोक्ता समिति वा लाभग्राही समूहबाट सार्वजनिक निर्माण कार्य गराउने सम्बन्धी कार्यविधि 2078 ले  सरकारी बहालवाला कर्मचारी सुरक्षा निकायका कर्मचारी, शिक्षक, जनप्रतिनिधिहरु राजनीतिक दलका कुनै समितिमा वसेको प्रमुख  पदाधिकारी, बहालमा वस्ने व्यक्ति , अठार बर्ष उमेर नपुगेको व्यति, अन्य समिति मा बसेको व्यक्ति,  तथा निर्माण व्यवसायी ले समेत उपभोक्ता समितिमा बस्न नपाउने उल्लेख छ। उपभोक्ता समिति स्थानीय निकायमा दर्ता गरिनुपर्ने तथा उक्त उपभोक्ता समितिको  लेखापरीक्षण समेत गर्नु पर्ने व्यवस्था छ । यो कार्यविधि लागु भएपछि झन समस्या थपिने देखिन्छ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू