Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

उखु किसानको रकम तत्काल भुक्तानी गर्न माग

सोमबार, ७ भाद्र २०७८, सगरमाथा पोष्ट.
काठमाण्डौं, किसान सङ्गठनहरूले समस्या नआउने गरी आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका छन् । ती सङ्गठनले तत्काल उखु किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका हुन् । अखिल नेपाल किसान महासङ्घका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष चित्रबहादुर श्रेष्ठलगायत विभिन्न छवटा किसान सङ्गठनले आफँैले लगाएको बालीको भुक्तानीका लागि आन्दोलन नै गर्नुपर्ने अवस्थाको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराएका हुन् । आफैँले उत्पादन गरेको वस्तुको मूल्य आफैँले निर्धारण गर्न नपाउनु, पाए पनि असाध्यै कम पाउनु तथा वर्षौंसम्म मिहिनेतको फल माग्न आन्दोलन नै गर्नुपर्ने अवस्थाको तत्काल अन्त्य हुनुपर्ने उनीहरूको माग छ । चिनी मिल तथा अन्य व्यापारीलाई बिक्री गरिसकेपछि पनि वर्षौंदेखि आफूले पाउनुपर्ने रकम प्राप्त गर्न नसक्नु कृषि र किसानका लागि दुःखद् कुरा भएको उल्लेख गर्दै उनीहरूले उखु उत्पादक किसानका लागि यस्तो अवस्था आउनु पीडादायक विषय भएको ठहर गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू