Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

तीन हजार ३८३ मा कोरोना पुष्टि, २४ जनाको निधन

मंगलवार, १९ श्रावन २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपालमा गएको २४ घन्टामा तीन हजार ३८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १६ हजार ७१८ जनामा परीक्षण गर्दा तीन हजार ३८३ जनामा सङ्क्रमण देखिएको हो । यस्तै गत २४ घण्टामा एक हजार ९९४ जना यो सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म छ लाख ६० हजार ११६ जना यो सङ्क्रमणबाट मुक्त भएका र निको हुने दर ९४ प्रतिशत रहेको छ । यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट २४ जनाको निधन भएको छ । आज निधन भएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट नौ हजार ९२२ जनाको ज्यान गएको छ । हाल मृत्युदर भने १ दशमलव ५ प्रतिशत रहेको छ । हाल सघन उपचार कक्ष (आइसियु) मा ६८६ जना र भेन्टिलेटरमा १६२ जना उपचार गराइरहेका पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी २९ हजार ७२२ होम आइसोलेसनमा रहेका छन् भने तीन हजार ३७ संस्थागत आइसोलेसन र ३७१ क्वारेन्टिनमा रहेको पनि तथ्याङ्कमा उल्लेख गरिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३२ हजार ५९ रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू