Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

दार्चुला घटनाको छानबिन गर्न वाइसिएलको माग

आईतवार, १७ श्रावन २०७८, सगरमाथा पोष्ट.
 
काठमाण्डौं । नेकपा(माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेको छ । महाकाली नदीमा तुइनबाट यात्रा गर्ने क्रममा दार्चुलाको ब्यास गाउँपालिका–२ निवासी ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको घटनाप्रति वाइसिएलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुवोधराज शेर्पाले  जारी गर्नुभएको विज्ञप्तिमा मृतक धामीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र आफन्तमा गहिरो समवेदना प्रकट गरेको छ । उक्त घटनाको छानबिन गरी कूटनीतिकस्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवं मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति तथा राहतका लागि वाइसिएलले सरकारसँग माग गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू