Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

राजस्व सङ्कलन ३३ प्रतिशतले वृद्धि

शुक्रबार, १५ श्रावन २०७८, सगरमाथा पोष्ट.
काठमाण्डौं । नेपाल प्रहरीले कानूनविपरीतका क्रियाकलापविरुद्धको कारवाहीबाट आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आवमा ३३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा रु दुई अर्ब १७ करोड राजस्व सङ्कलन गरेकामा गत आवमा रु दुई अर्ब ९० करोड सङ्कलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको सक्रियताका कारण राजस्व सङ्कलनमा वृद्धि भएको जानकारी दिनुभयो । उहाँका अनुसार चाँदी बरामदबाट भने १०० प्रतिशत नै बढी राजस्व सङ्कलन भएको छ । अवैध मुद्रावापत झण्डै ७०० प्रतिशतले राजस्व सङ्कलन वृद्धि भएको प्रवक्ता कुँवरले जानकारी दिनुभयो । यसैगरी सुन बरामदबाट ३३ दशमलव ७५ प्रतिशतले राजस्व सङ्कलन बढेको छ । ट्रफिक कारवाहीमा समेत ३० दशमलव ७६ प्रतिशतले बढेको छ । अवैध सुन बरामदबाट प्रहरीले अघिल्लो वर्ष रु २० करोड ३० लाख राजस्व सङ्कलन गरेकामा गत वर्ष रु २७ करोड १५ लाख सङ्कलन गरेको छ । अवैध मुद्रामा अघिल्लो वर्ष ९९ लाख राजस्व सङ्कलन गरेकामा गत आर्थिक वर्षमा रु ७ करोड बढी राजस्व सङ्कलन गरेको छ । यस्तै गत आर्थिक वर्षमा अवैध सामान बरामदबाट रु ८५ करोड राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरीतर्फ गत आर्थिक वर्ष रु २८ अर्ब ३६ करोड बजेट विनियोजन भएकामा राजस्व सङ्कलन सहायताका आधारमा १० दशमलव २५ प्रतिशत योगदान प्रहरी कारवाहीबाट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू