Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

नेप्सेमा दोहोरो अङ्कको गिरावट

बिहीवार, १४ श्रावन २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार नयाँ नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से १५.११ बिन्दुले घटेर तीन हजार ७९.८३ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४७ बिन्दुले घटेर ५७०.८५ मा ओर्लेको छ । कूल २१७ कम्पनीको दुई करोड ६० लाख ४० हजार २३ कित्ता रु १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ मा कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख ९० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन ४५.४१ र विकास बैंक ५३.४ बिन्दुले बढेको छ । यस्तै, बैंकिङ १०.४४, व्यापार ४.४२, जलविद्युत् २८.४३, वित्त ५३.८२, निर्जीवन बीमा ६९.५७, उत्पादन ५३.३, अन्य १२.८२, लघुवित्त ४.९७, जीवन बीमा ८६.५५, सामूहिक लगानी कोष ०.०३ र लगानी १.३७ बिन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा गुडविल फाइनान्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३३ करोड ९२ लाख ५६ हजार ५६ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु २९ करोड ४४ लाख ३७ हजार २३०, युनाइटेड मोदी रु २५ करोड ४३ लाख १५ हजार ४७३, हिमालयन जनरल इन्स्योरेन्स रु २४ करोड ७५ लाख आठ हजार ४९ र रिडी हाइड्रो पावरको रु २२ करोड ४२ लाख ६४ हजार ९४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । रिडी हाइड्रोपावर ९.९५, जीवन विकास लघुवित्त ८.२२, सप्तकोशी डेभलपमेन्ट बैंक ७.६५, युनाइटेड इदी मदी हाइड्रोपावर ७.५५ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले ६.०५ प्रतिशतले कमाएका छन् । त्यस्तै गुडविल फाइनान्स ७.३३, माउण्टेन हाइड्रो नेपाल ६.१७, जानकी फाइनान्स ५.५०, जोशी हाइड्रो पावर ३.७३ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ३.६६ प्रतिशतले गुमाए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू