Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

रोहिणी र चन्द्रमाको प्रेमकथा (पौराणिक कथा) -वत्सराज कोइराला

बुद्धबार, १३ श्रावन २०७८, सगरमाथा पोष्ट.
रोहिणी र चन्द्रमाको प्रेमकथा (पौराणिक कथा) -
वत्सराज कोइराला नवलपरासी, हाल: हेटौंडा,  आफूले सुनेका पौराणिक कथामध्ये चन्द्रमा र रोहिणीको प्रेमकथा मलाई मन पर्छ। पौराणिक मान्यताअनुसार चन्द्रमाको विवाह दक्ष प्रजापतिका २७ छोरीहरूसँग भएको थियो। हिन्दू पात्रोमा वर्णित २७ नक्षत्र चन्द्रमाका पत्नीहरु हुन्। तीमध्ये रोहिणी चन्द्रमाकी प्रिय पत्नी हुन्।

प्रारम्भदेखि नै अन्य पत्नीहरुसँग चन्द्रमाको रुचि रहेन। ती पत्नीहरुले आफूलाई पतिले उपेक्षा गरेको कुरा आफ्ना पितालाई बताए। ती सबैसँग समान ब्यवहार गर्नुपर्ने भन्दै दक्ष प्रजापतिले चन्द्रमालाई सम्झाउँदा चन्द्रमाले सबैसँग प्रेम गर्न नसक्ने भनी ठाडै अस्वीकार गरे।

उनले भने, "तपाईंले मेरो मनलाई नियन्त्रणमा राख्न सक्नुहुन्न। म उनीहरुलाई पत्नी मान्न सक्दिन। ती २६ जनालाई म परित्याग गर्दछु।" यो सुनेर दक्ष प्रजापति क्रोधित हुँदै चन्द्रमालाई श्राप दिए, "हे चन्द्र, तिमीलाई भयानक रोग लागोस्, जसले गर्दा तिमी विलुप्त हुने छौ।" श्रापबाट मुक्त हुन चन्द्रमाले शिवको आराधना गरे। शिवजी प्रसन्न भएर भने, "म तिमीलाई श्रापबाट पूर्ण मुक्त गर्न त सक्दिन।

तर तिमीलाई विलुप्त नहुने शक्ति दिन्छु। तिम्रो अस्तित्व समाप्त हुनेछैन।" यसपछि शिवले चन्द्रमालाई आफ्नो मस्तकमा धारण गरे। यसै कारणले शिवको नाम शशिशेखर वा चन्द्रशेखर रहन गयो। चन्द्रमाले पनि आफ्नो आकृति प्राप्त गरे। तर श्रापको कारण उनको आकार घट्दै जान्थ्यो र औंशीमा उनी विलुप्त हुन्थे। त्यसपछि चन्द्रमाले बाँकी सबै पत्नीलाई अपनाएका थिए।

जबजब चन्द्रमा अन्य पत्नीहरुकहाँ जान्छन् तबतब उनको आकार घट्दै जान्छ र जुन दिन उनी आफ्नी प्रिय पत्नी रोहिणीसँग बस्छन्, त्यसदिन उनको आकार पूर्ण हुन्छ। कहिलेकाहीं आकाशमा पूर्णिमाको जून देख्छु, मलाई लाग्छ, आज उसको प्रियतमासँग मिलन भएको छ। विज्ञानमा चन्द्रमाको आकार घट्ने बढ्ने विषयमा भलै अध्ययन उपलब्ध छ तापनि मलाई सानैमा सुनेको यही कथा सम्झना आउँछ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू