Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

मंगलवार, ५ श्रावन २०७८, सगरमाथा पोष्ट.
ललितपुर, ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई जोगाउन सो खोप लगाउन लागिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले जारी गर्नुभएको सूचनामा महानगरपालिकाअन्तर्गत सरकारी कार्यालयमा कार्यरत कर्मचारीका साथै स्वास्थ्य र सरसफाइकर्मी अनि विदेश जान प्रवेशाज्ञा लिइसकेका व्यक्तिलाई समेत सो खोप उपलब्ध गराइने उल्लेख छ । यसैगरी गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाले जारी गरेको सूचनामा भने पूर्ण तथा अति अशक्त अपाङ्गता भएका नागरिकका साथै हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई समेत सो खोप दिइने जनाइएकोे छ । महालक्ष्मीले सोमवारदेखि शुरु गरेको सो खोप अभियानमा हिजो खोेप लगाउन छुटेका सो उमेर समूहका व्यक्तिलाई खोप लगाइने जारीे सूचनामा उल्लेख छ । ललितपुरमा मङ्गलबार दिइने जोन्सन एण्ड जोन्सनको खोप निरीक्षण गर्न सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले महानगपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको व्यवस्थापनबारे जानकारी लिनुभएको थियो । ––– सुभानु आचार्य

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू