Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

केही मुक्तकहरु -वत्सराज कोइराला नवलपरासी, हाल: हेटौंडा

आईतवार, ३ श्रावन २०७८, सगरमाथा पोष्ट.
केही मुक्तकहरु -
वत्सराज कोइराला
नवलपरासी, हाल: हेटौंडा

कवि हूँ,एक्लै मनको
रागमा रमाई रहेको छु !
आफ्नै पसीनाको
दाल,भात,सागमा रमाई रहेको छु !!

दुनियाँको रंगमञ्चको एक
जुनियर आर्टिस्ट म त !
समयले दिएका घाउका
दागमा रमाई रहेको छु !!


२ उनले सुनुन्, नसुनुन्
बोलिरहेको हुन्छु।
हृदयकाे प्रेम ढोका
खोलिरहेको हुन्छु।।
बुझ्लिन् अवश्य पक्कै यी
मूक शब्द मेरा।
हर्दम म प्रेम प्याला घोलिरहेको हुन्छु।।

३ मुस्कुराउने कारण पनि
तिमी नै हौ माया !
रुवाउने कारण
पनि तिमी नै हौ माया !!
संसारलाई रमाइलो तिमीले नै
पार्छौ तर !
चोट खाने कारण पनि
तिमी नै हौ माया !!

४ अनेकौं स्वप्न पालेर
बसालेको शहर हो यो !
सँधै आनन्दले ज्यूने सबै
खाले रहर हो यो !!
सबै छन् भोगमा लिप्त यो
कस्तो उग्र तृष्णा हो !
हेर्दा अमृत झैं लाग्ने मीठो
मीठो जहर हो यो !!

५ लोभी-पापी दुनियाँमा
जिन्दगीको रीत रोयो !
विश्वासघातको जमानामा
निस्सासिंदै प्रीत रोयो !!
नैतिकता, इमानदारी,
सदविवेक हराउँदा !
हृदयमा शूल बिझी आज
मेरै गीत रोयो !!


 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू