Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
आज मिति २०७८ साल साउन २१ गते शुक्रबार, अगष्ट ६ तपाँईको आजको दिन कस्तो हुनेछ ? ‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन

थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित

शनिबार, ५ आषाढ २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपालमा थप दुई हजार ४०० जना कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार १० जनाको पिसिआर तथा चार हजार ६८६ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ६८८ र ७१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पिसिआर पोजेटिभ ६ लाख १९ हजार ६३५ र एन्टिजेन पोजेटिभ २५ हजार ५७४ पुगेको छ । हालसम्म ३२ लाख ६२ हजार ५८९ को पिसिआर र एक लाख ३८ हजार ३१३ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६६० जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ । कारोना निको भएको दर ८९ दशमलव ३ प्रतिशत रहेको छ । यस्तै गत २४ घण्टामा थप ३४ जनाको मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या आठ हजार ६५७ पुगेको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २५ लाख १९६ ले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या सात लाख ३१ हजार ६५३ पुगेको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू