Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण

शनिबार, ५ आषाढ २०७८, सगरमाथा पोष्ट.
कञ्चनपुर, होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितको उपचारमा सघाउ पुरयाउने उद्धेश्यले आठ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ । कोभिड सङ्क्रमण भएका बिरामीहरुका लागि तीन सय ९८ थान होम आइशोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको समन्वय र मर्सिकोर नेपालको सहयोगमा उपलव्ध गराइएको हो । वितरण गरिएका किटको मूल्य झण्डै १२ लाख बढी रहेको एमरेड परियोजनाका संयोजक महेश घिमिरेले बताउनु भयो । “कोरोना सङ्क्रमितको सामान्य स्वास्थ्य जाँच गर्न सहज र थप वल पुग्ने गरी स्वास्थ्य सामग्री वितरण गरेका छौं”, उहाँले भन्नु भयो, “कोभिड संक्रमण भई घरमै होम आइशोलेसनमा बस्दै आएका बिरामीहरुका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको न्युनतम मापदण्ड अनुरुप आइसोलन तथा सरसफाई किट वितरण गरिएको छ ।” सबै पालिकामा करिब ३९८ थान किट वितरण गरिएको छ । रेडक्रसका प्रतिनिधि र परियोजना कर्मचारीले स्थानिय तहका कार्यालयमै पुगेर सामग्री हस्तान्तरण गर्नु भएको छ । महाकाली अस्पतालको ओपिडी सेवा सञ्चालन हुने महाकाली प्रादेशिक अस्पतालको लामो समय देखि बन्द रहेको ओपिडी सेवा सञ्चालन गरिने भएको छ । कोरोना सङ्क्रमण बढेसंगै बन्द गरिएको ओपिडी सेवा आइतवार देखि सञ्चालनमा आउन लागेको हो । अस्पतालमा कोरोनाका बिरामीहरुको सङ्ख्या घटदो क्रममा रहेकाले सो सेवा सञ्चालन गरिन लागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सामाजिक दूरी कायम गरी प्रति दिन २० जनालाई उक्त सेवा दिईने छ

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू