Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

शुक्रबार, ४ आषाढ २०७८, सगरमाथा पोष्ट.
महेन्द्रनगर, महाकाली नदीमा पानीको सतह बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गरी दार्चुलाको दत्तु बाढीमापन केन्द्रमा महाकालीमा जलसतह ५।८० मिटर र डडेल्धुराको परिगाउँमा ३।५० मिटर पुगेकाले सतर्कता अपनाउन यहाँको भीमदत्त नगरपालिका–११, १२ र १३ का नागरिकका साथै दोधारा चाँदनी क्षेत्रमा समेत आग्रह गरेको हो । “सो क्षेत्रमा जोखिम आकलन गरी सो क्षेत्रमा नगई सुरक्षित स्थानमा रहन सूचना जारी गरिएको हो”, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रशासनले जिल्लाका विपत्का कुनै घटना भए तत्काल जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा सम्र्पक गर्न अनुरोध गरेको छ । त्यसैगरी महाकाली नदीमा पानीको बहाव बढेपछि दार्चुला प्रशासनले समेत सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गरेको छ ।---

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू