Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

सेनाका अधिकृतलाई अदम्य साहसका लागि प्रशंसापत्र प्रदान

शुक्रबार, २१ जेष्ठ २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, संयुक्त राष्ट्र सङ्घका महासचिवले दक्षिण सुडानमा तैनाथ कालीध्वज गण (शासे) दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई जातीय हिंसात्मक झडप रोक्न अदम्य साहस र पहलकदमी लिएकामा कदरस्वरुप प्रशंसापत्र प्रदान गरेको छ । जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको सो मुलुकमा त्यस्ता घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकले पु¥याएको योगदानलाई राष्ट्र सङ्घले उच्च प्रशंसा गरेको हो । अस्थायी परिचालनका लागि तैनाथ नेपाली शान्ति सैनिकले गत मङ्सिरमा क्यइवेत नजीक हतियारधारी जातीय समूहबीच उत्पन्न भएको हिंसात्मक झडपमा बफर जोनका रुपमा परिचालन भई कार्य गरेको जनाउँदै राष्ट्रसङ्घीय महासचिवबाट प्रशंसापत्र प्राप्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेना शान्ति सैनिकले छोटो समयमा लिएको अदम्य साहस र पहल कारण त्यहाँ ठूलो जनधनको क्षति हुनबाट जोगिएको थियो । सम्भावित ठूलो जातीय हिंसात्मक झडप हुनबाट रोक्न सफल भएकामा उक्त कार्यको कदरस्वरुप सहसेनानी विष्टलाई प्रशंसापत्र प्राप्त भएको सेनाले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू