Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

रातो मच्छिन्द्रनाथको रथ तानिँदै

शनिबार, १ जेष्ठ २०७८, सगरमाथा पोष्ट.
ललितपुर, वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ । हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार अपराह्न तानिँदै छ । पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पु¥याइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो ।साङ्केतिक रुपमा रथ बिहानको नित्य पूजा पछि हल्लाइने र अपराह्न तानिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताउनुभयो । ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रयोग गरी सामाजिक दूरी कायम गराएर केही पर रथ तानिने पानेजु नरेन्द्र शाक्ले बताउनुभयो । मुलुकमा पहिलो लहरको कोरोना महामारी आउनुपूर्वको वर्ष आजका दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो । गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू