Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग

शुक्रबार, २४ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाली सेनाले कोभिड–१९ संक्रमणका कारण अस्पतालमा देखिएको अक्सिजन समस्या सुल्झाउनका लागि बन्द अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग पु¥याएको छ । कोरोनाका कारण मुलुकका विभिन्न अस्पताल पु¥याइएका बिरामीलाई समेत अक्सिजन उपलब्ध गराउन कठिनाइ भएपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी) मार्फत अनुरोध भएपछि सेनाले जनशक्ति पठाएर उद्योग सञ्चालनमा सहयोग गरेको हो । काभ्रेपलाञ्चोकको पनौतीस्थित नवज्योति अक्सिजन उद्योग अपरेटरका अभावमा बन्द रहेको र काठमाडौँ उपत्यकाभित्रकै ठूला अस्पतालमा अक्सिजनको अभाव भएको गुनासो आएपछि विज्ञ प्राविधिक जनशक्ति पठाएर उद्योग सञ्चालन सहयोग गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । उक्त उद्योगमा जडित दुई प्लान्टबाट ४० लिटर क्षमताका दैनिक एक हजारदेखि एक हजार २०० सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुने जनाइएको छ । सिसिएमसीमार्फत अनुरोध भएका खण्डमा सेनाले उत्पादित अक्सिजन अस्पतालसम्म ढुवानीका लागि ट्रकसमेत तयारी अवस्थामा राखेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । उक्त उद्योगबाट आजै अक्सिजन वितरण शुुरु भइसकेको बताइएको छ । सेनाले उद्योग चलाउन अहिले चार दक्ष अपरेटर खटाएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू