Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट

मंगलवार, १४ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, आइतबार र सोमबार उच्च अङ्कले घटेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने ९२.४६ बिन्दुले बढेको छ । उच्च अङ्कले बढेको बजारमा माथिल्लो तामाकोशी र विशाल बजार कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । माथिल्लो तामाकोशी १० प्रतिशत र विशाल बजार कम्पनीको ९.९९ प्रतिशतले वृद्धि भयो । लगानीकर्ताले आजको वृद्धिलाई ‘बाउन्स ब्याक’ को संज्ञा दिएका छन् । नेप्से दुई हजार ५९९.०७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.४८ अङ्कले वृद्धि भई ४६७.२८ मा पुगेको छ । कूल २१६ कम्पनीको एक करोड दुई लाख दुई हजार २१९ कित्ता शेयर रु पाँच अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ मूल्यमा खरिद बिक्री भए । जीवन बीमा ५५८.६३, निर्जीवन बीमा उपसमूह ५४३.२७ अङ्कले वृद्धि हुँदा कारोवार भएका सबै १३ उपसमूहको शेयरमा नै वृद्धि भयो । कारोवारका आधारमा माथिल्लो तामाकोशी, नेपाल पूर्वाधार बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक र छिमेक लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रह्यो । महिला लघुवित्त ९.८९, युनाइटेड इन्स्योरेन्स ९.८९ र समिट लघुवित्तका लगानीकर्ताले ९.७५ प्रतिशतले कमाए । आइसिएफसी फाइनान्सको ऋणपत्र १.९४, ग्लोबल आइएमई बैंकको ऋणपत्र १.८७, एसबिएल ऋणपत्र १.७५ र एनआइबिएल समृद्धि फण्डका लगानीकर्ताले १.११ प्रतिशतले गुमाए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू