Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

लागुऔषधसहित पक्राउ

मंगलवार, ३१ चैत्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारागन र ३०० एम्पुल नुर्फिनसहित बारा कलैया उपमहानगरपालिका–४ घर भएका १९ वर्षीय धर्मेन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको छ । बाराको कलैयाबाट काठमाडौँ आउँदै गरेको बा३ख ६१४३ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा धर्मेन्द्रलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस्तै, सोही ठाउँबाट ५४० ट्याब्लेट नियन्त्रित लागुऔषध नाइट्राभेटसहित सर्लाही हरिहरपुर नगरपालिका–४ घर भएका २३ वर्षीय यज्ञबहादुर श्रेष्ठलाई पनि आजै प्रहरीले पक्राउ गरेको जनाएको छ । सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको ग१ख ८७८७ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यज्ञ बहादुरसँग उक्त लागुऔषध फेला परेको थियो । दुवै घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू