काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं ४ काठमाण्डौंको प्रदेश निर्वाचन क्षेत्र क र ख को अधिवेशन सम्पन्न भएको छ ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं पुर्वमन्त्री भुवन पाठकको सभापतित्वमा आज भएको कार्यक्रममा दुवै निर्वाचन क्षेत्रमा अध्यक्ष सहितको कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।
जस अनुसार काठमाण्डौं क्षेत्र नं ४ को प्रदेश क को अध्यक्षमा राजेश मजगैयाँ तथा प्रदेश ख को अध्यक्ष ठाकुर प्रसाद पौडेल चयन भएका छन् । अधिवेशनले दुवै निर्वाचन क्षेत्रमा अध्यक्ष सहित २१ ÷२१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यक्रममा बोल्दै राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं पुर्वमन्त्री भुवन पाठकले राजसंस्था पुनस्थापनाको अभियानमा लाग्न सबै कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।