काठमाण्डौं । पुष्पपराग साहित्य प्रतिष्ठानको चौथो बार्षिकोत्सबको अवसरमा काठमाण्डौंको प्रज्ञा भबन कमलादीमा श्रष्टा सम्मान तथा पुरस्कार बितरण कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गंगा प्रसाद उप्रेतीले श्रष्ठाहरुलाई सम्मान गर्नुभएको हो । सम्मानीत हुने श्रष्ठाहरुमा “पुष्पपराग वर्ष सम्मान पुरस्कार –२०७६“बाट हुसेन खान, “निलगङ्गा भाषा साहित्य पुरस्कार –२०७६ “बाट –प्रा. गोपिकृष्ण शर्मा, “पद्मावती गित संगीत पुरस्कार –२०७६“बाट शिशिर योगी, शुक्र मन्दिर लोक साहित्य पुरस्कार –२०७६“बाट गणेश रसिक, “तिलकुमारी खड्का स्मृति पुरस्कार –२०७६“बाट पन्चकुमारी परियार, श्रीकृष्णलाल गोपिनी शिवाकोटी स्मृति बहुप्रतिभा पुरस्कार –२०७६“बाट राम कार्की रहेका छन् ।
त्यस्तै कार्यक्रममा “मुना स्मृति आख्यान पुरस्कार–२०७६” बाट पुरस्कृत श्रष्ठा सरस्वती प्रतीक्षालाई साहित्यकार राजबाबु श्रेष्ठ “सागर”ले पुरस्कार प्रदान गर्नुभयो ।
त्यस्तै पुष्पराग साहित्य प्रतिष्ठानमा बर्षभरि संस्थामा आएर रचना वाचन गर्ने मध्ये एकजना युवा सर्जकलाई सम्मान गर्दै आएकोमा यस बर्ष सम्मानित हुनेमा सर्जक राधा दुलाल कार्की, साहित्य साधनमा निरन्तर लागी परेर नेपाली साहित्य आकाशलाई फराकिलो पार्नुहुने सर्जक एक जनालाई संस्थाले मानार्थ सदस्यता प्रदान गर्दै आएकोमा यस वर्ष वरिष्ठ कवि भुवनहरि सिग्देल छनौट हुनुभएको संस्थाले जनाएको छ ।
श्रष्ठालाई सम्मानीत गदै कुलपती उप्रेतीले साहित्य श्रष्ठा उम्रंदै गरेको बिरुवा रहेको बताँउदै सबैले जोगाउनु पर्ने बताउनुभयो ।