Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

नेप्सेमा दोहोरो अङ्कको गिरावट

आईतवार, २३ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१।५८ ले ओरालो लागेर दुई हजार ४८५।०९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।७८ विन्दुले घटेर ४४९।६८ मा ओर्लेको छ । कूल २११ कम्पनीको एक करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर रु पाँच अर्ब ५४ लाख ६६ हजार ४८० मूल्यमा खरिद बिक्री भए । बजार ओरालो लाग्दा बजार पूँजीकरण प्रभावित भएको छ । आजको कारोवारपछि बजार पूँजीकरण रु ३४ खर्ब २४ अर्ब ८५ लाख ५१ हजार १३९ बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ५०।१५ र जलविद्युत् १८।३४ ले उकालो लाग्दा बैंकिङ १२।४१, व्यापार १८१।४८, विकास बैंक ५।५६, वित्त ३।२६, निर्जीवन बीमा ८५।५१, उतपादन ८२।२९, अन्य १७।७१, लघुवित्त ५१।७९, जीवन बीमा ३०६।३२, सामूहकि लगानी कोष ०।०२ र लगानी १।७५ बिन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४२ करोड ७८ लाख ४० हजार ९२४ बराबरको कारोबार भएको छ । यस्तै नेपाल बैंक रु ३९ करोड ६९ लाख ९३ हजार ७८२, माथिल्लो तामकोशी जलविद्युत् कम्पनी रु २४ करोड २३ लाख ९९ हजार ६४२, ग्लोबल आइएमई बैंक रु १७ करोड १३ लाख ५३ हजार ८७०, नेपाल इन्स्योरेन्सक कम्पनी रु १५ करोड ७६ लाख ६८ हजार ५१४ र खिबर इन्स्योरेन्स कम्पनी रु १४ करोड ७१ हजार ६० हजार ४६९ कारोबार भएको छ । त्यसैगरी नेपाल पुरनबीमा कम्पनी रु ११ करोड ३८ लाख ४३ हजार ९०५, नेको इन्स्योरेन्स रु ११ करोड १८ लाख ३१ हजार ८५२ , नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ९६ लाख ९८ हजार ८४० र नेपाल दूरसञ्चार कम्पनी रु १० करोड ४६ लाख ६४ हजार १०१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् । यस्तै कारोबारका आधारमा चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९।९२ प्रतिशतले कमाउदा नेपाल हाइड्रो डेभलपर ९।८३, रैराङ हाइड्रोपावर ९।६९, एक्सेल डेभलपमेन्ट बैंक ७।१४, नेपाल इन्स्योरेन्स ६।५४, युनिभर्सल पावर कम्पनी ५।११, रिलायन्स फाइनान्स ४।४८, माथिल्लो तामाकोशी ४।१७, हिमालय पावर पार्टनर ३।८७ र एनआइबिएफ प्रगति फण्डका लगानीकर्ताले ३।८७ प्रतिशतले कमाए । नेशनल हाइड्रोपावर ५।५२, साल्ट टे«डिङ कर्पोरेशन ५, बोटलर्स नेपाल तराई ३।९६, किसान लघुवित्त ३।७१, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३।५५, श्री इन्भेस्टमेन्ट फाइनान्स ३।४५, सर्पोट माइक्रोफाइनान्स ३।४०, गुराँस लाइफ इन्स्योरेन्सक म्पनी ३।३९ र बैंक अफ काठमाडौंका लगानीकर्ताले ३।३७ प्रतिशतले गुमाए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू