Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

गाँजासहित तीन पक्राउ

शनिबार, २२ फागुन २०७७, सगरमाथा पोष्ट.
उदयपुर, अवेैध लागुऔषध गाँजा कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने तीनै जना उदयपुर सदरमुकाम गाईघाट बजारमा सब्जी व्यापार गर्दै आएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । कार्यालयका अनुसार गाँजासहित पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ गाईघाटका २५ वर्षीया प्रमिला सहनी, सिरहाको लाहान नगरपालिका घर भई गाईघाटमा बस्दै आएका ५५ वर्षीय राजकुमार सहनी रगाइघाट बजार बस्ने २० वर्षीय लक्ष्मण सहनी रहेका छन् । पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिनुभयो । गाँजा कारोवार गर्ने गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई तीन किलोभन्दा बढी गाँजासहित पक्राउ गरिएको उहाँको भनाइ छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू