Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

काँग्रेसले खेल क्षेत्रको विकासलाई जोड दिएको छ : नेता खड्का

आईतवार, ९ फागुन २०७७, सगरमाथा पोष्ट.
 संखुवासभा । नेपाली काँग्रेसका नेता दिपक खड्काले काँग्रेसले खेल क्षेत्रको विकासलाई जोड दिएको बताउनुभएको छ । हाङथुङ युवा क्लब संखुवासभाले मादी मूलखर्कमा आयोजना गरेको जिल्लास्तरिय फुटवल प्रतियोगिताको  समापन गर्दै उहाँले खेलकुद क्षेत्रमा हुने भ्रष्टचारको अन्त्य नभएसम्म मुलुकको खेलकुद क्षेत्र अगाडि बढ्न नसक्ने बताउनुभएको हो । “संखुवासभालाई खेलकुद प्रतियोगिताको जिल्ला बनाउन मैले पहल गरिरहेको छु,”–उहाँले भन्नुभयो । पूर्व राज्यमन्त्री खड्काले स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेललाई नेपाली काँग्रेसले अवलम्बन गर्दै अगाडि बढाएको उल्लेख गर्नुभयो । क्लबका अध्यक्ष असिम जिमीको सभापतित्वमा भएको खेलकुद प्रतियोगिता फागुन ४ मा सुरु भई आज सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा संखुवासभाका १० फुटवल टिमको सहभागीता रहेको थियो । उक्त प्रतियोगितामा नवयुवा क्लब आँखीभुई प्रथम भएको थियो । प्रथमसँगै उक्त क्लबले रु एक लाख नगदसहित मेडल प्राप्त गरेको छ भने दोस्रो टिमले रु ५५ हजार नगदसहित मेडल प्राप्त गरेको काँग्रेसका युवानेता सन्दीप निरौलाले जानकारी दिनुभयो । कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति दिपक लिम्बु, काँग्रेस नेता रामकुमार जिमीलगायतको उपस्थिती रहेको थियो ।
 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू