काठमाण्डौं । फागुन ५ । टोखा नगरपालीका ८ गोंगबुको बानियाँटार स्थीत पारामाउण्ट एकेडेमी तथा कलेजले बिबिएस पहिलो बर्ष भर्ना हुने विद्यार्थीहरुलाई रोजगारी दिने घोषणा गरेको छ ।
सरस्वती पुजाको अवसरमा फागुन ४ गते विद्यालयमा आयोजना गरिएको विशेष कार्यक्रममा कलेजका प्रिन्सीपल मुकुन्द प्रसाद पाण्डेले कलेजले भर्नाका लागि निश्चीत कोटा निर्धारण गरिएको र भर्ना हुने सबै विद्यार्थीलाई रोजगारीको लागि कलेजले जिम्मा लिएको बताउनुभयो ।
पारामाउन्ट एकेडेमीले यसै शैक्षिक सत्र देखि कलेजको मान्यता पाएको हो ।

प्रिन्सीपल पाण्डेले कोरोनाको कारण आर्थिक भार खेपी रहेका अविभावकहरुलाई कलेजको घोषणाले सहयोग पुग्ने बताउनुभयो ।
कलेजले गरिब, जेहेन्दार विद्यार्थीहरुको लागि शुल्कमा छुटको समेत व्यवस्था गरेको बताएको छ ।
प्रिन्सीपल पाण्डेले कलेजले पढाई र शुल्कलाई मात्र होइन विद्यार्थीको भबिष्यको लागि पनि केहि सहयोग पुगोस भनेर नयाँ प्रयोगको सुरुवात गरेको बताउनुभयो ।