Previous Version
Friday, Feb 26, 2021  |  शुक्रबार, १४ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
नेपाल–बङ्गलादेश युवा सम्मेलन शनिबार एक दशक पछि घमेश दुलालकाे "बनमा खयर" लाेकदाेहाेरी ताम्राकार कम्प्लेक्समा मोवाइल व्यवसायीहरुलाई बदनाम गराउने समाचारप्रति व्यवसायीको आपत्ति नेपालले कार्बन सञ्चितिबापत रु पाँच अर्ब प्राप्त गर्ने बलात्कारीलाई १८ वर्ष कैद आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन अध्यक्ष तिमिल्सिनाको आग्रह कांग्रेस नेता जोशीलाई मस्तिष्काघात तारकेश्वर–१० कोे नयाँ भवन बन्ने दकोरियाले देशव्यापी कोरोना खोप सञ्चालन : नेपाली खुशी ‘निर्वाचनमा राजनीतिक दललाई अनुदानको व्यवस्था हुनुपर्छ’ मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि सर्वाेच्च अदालतले धर्म निर्वाह गरेको छ : पूर्वराष्ट्रपति डा. यादव कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न आज मिति २०७७ साल फागुन १४गते शुक्रबार , फेवररी २६, तपाँईको आजको दिन कस्तो हुनेछ ?

राष्ट्रिय महिला लिगमा एपीएफ क्लब र विराटनगर विजयी

मंगलवार, ४ फागुन २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत सोमबार भएको खेलमा एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले तथा विराटनगरले वालिङ नगरपालिकालाई १–० गोलअन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफका लागि रविना गोलेले एउटा गोल गर्नुभएको थियो । पुलिस क्लबले एपीएफका लागि एउटा आत्मघाती गोल गरेको थियो । पुलिस क्लबका लागि भने एक मात्र गोल अमृता जैशीले गर्नुभएको थियो । मध्यान्तर अघिको खेल गोलरहित बराबरीमा सकिएको थियो । मध्यान्तरपछिको खेलको ६९ औँ मिनेटमा पुलिसकी कप्तान घिमकुमारी गुरुङले आत्मघाती गोल गर्नुभएको थियो । खेलको ७५ औँ मिनेटमा पुलिसका लागि जैशीले गोल गर्नुभयो । यस्तै खेलको ८६ औँ मिनेटमा एपीएफका लागि गोलेले गोल गर्नुभयो । जितसँगै लिगमा एपीएफले अपराजित यात्रा कायमै राखेको छ । एपीएफ उपाधि नजिक पुगेको छ । एपीएफले हालसम्म १० खेलमा ३० अङ्क जोडेको छ भने पुलिसले १० खेलमा १४ अङ्क जोडेको छ । पुलिस लिगको चौथो स्थानमा छ । एन्फा मैदानमा भएको दोस्रो खेलमा विराटनगरले वालिङलाई हरायो । विराटनगरका लागि विदेशी खेलाडी आशा कुमारीले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ३५ औँ मिनेटमा फ्रिकिकमा गोल गर्नुभएको हो । मध्यान्तरपछिको खेलमा भने विराटनगरले वालिङविरुद्धको खेलमा दबावमा खेलेको थियो । उसले गोल गर्न सकेन । जितपछि विराटनगर १६ अङ्कका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू